ओलीको निर्देशनपछि ६ वटा उद्योगको बिजुली जोडिदिने प्राधिकरणको निर्णय « Khabarhub

ओलीको निर्देशनपछि ६ वटा उद्योगको बिजुली जोडिदिने प्राधिकरणको निर्णय


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएको ६ वटा उद्योगको बिजुली नेपाल विद्युत् प्राधिकरण जोडिदिने निर्णयमा पुगेको छ ।

मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा बिजुली जोड्ने निर्णय प्रवक्ता चन्दनकुरमा घोषले खबरहबलाई बताए ।

‘मंगलबार बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो’, उनले भने, ‘तर उक्त निर्णयमा सञ्चालक समितिका एकजना सदस्यले हस्ताक्षर गर्न बाँकी छ ।’

बिजुलीको वक्यौता महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलसहित ६ उद्योगको लाइन काटिदिएको थियो ।

त्यसपछि उक्त काटिएको लाइन जोडिदिन प्राधिकरणलाई दबाब परेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत काटिएका लाइन जोडिदिन प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका थिए ।

यस्तोमा प्राधिकरणले आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरे नियमअनुसार बक्यौता रकम असुली गर्ने सर्तमा बिजुली जोड्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले यसअघि नै घिसिङलाई बालुवाटारमा बोलाएर तत्काल उद्योगको विद्युत जोड्न निर्देशन दिएका थिए । तर, घिसिङले ओलीको निर्देशन मानेका थिएनन् । ओलीको निर्देशन नमानेपछि सरकारले उनलाई हटाउने गरी स्पष्टीकरण तयारी गरेको थियो ।

ओलीको निर्देशन घिसिङले नमानेको विषयलाई लिएर मंगलबारको संसदमा पनि कुरा उठेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले घिसिङलाई साथ दिँदै उद्योगले नतिरेको पैसा उठाउनुपर्ने बताएको छ । तर एमालेले भने डेडिकेटेड र ट्रंक लाइनको बिल प्राधिकरणसँग नरहेको भन्दै त्यसरी बिजुली काट्नु ठीक नभएको बताइरहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ५ : १९ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल