अक्षयको फिल्म ‘खेल खेल मे’ले ‘स्त्री २’सँग प्रतिस्पर्धा गर्ने पक्का « Khabarhub

अक्षयको फिल्म ‘खेल खेल मे’ले ‘स्त्री २’सँग प्रतिस्पर्धा गर्ने पक्का


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता अक्षय  कुमारको मुख्य भूमिका रहेको फिल्म ‘खेल खेल मे’ अगस्ट १५ बाट प्रदर्शनमा आउने भएको छ‍ । उनले सामाजिक सञ्जालमा फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । 

उक्त पोस्टरमा अक्षय कुमार फिल्मका बाँकी कलाकारसँग हाँसेको देख्न सकिन्छ । पोस्टरको केन्द्र भागमा अक्षय छन् । उनीसँगै अन्य कलाकार तापसी पन्नु, वाणी कपूर, फरदीन खान, एमी विर्क, आदित्य सिल र प्रज्ञा जैसवाल हसिलो मुद्रामा देखिएका छन् । 

पोस्टर सार्वजनिक गर्दै अक्षयले लेखेका छन्, ‘यो वर्षकै ठूलो पारिवारिक मनोरञ्जन फिल्मलाई हेल्लो भन्नुहोला ।’ यो भनाइसँगै उनले दर्शकलाई नयाँ कमेडी फिल्म दिन लागेको प्रष्ट भएको छ । 

यससँगै फिल्म ‘खेल खेल मे’ले हलमा ‘स्त्री २’सँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।  ‘स्त्री २’मा श्रद्धा कपुर, राजकुमार राव, पंकज त्रिपाठीको मुख्य भूमिका रहेको छ ।  यही मितिमा अन्य फिल्महरू पनि प्रदर्शनमा आउने सम्भावना छ ।  तर अन्य फिल्महरूले औपचारिकरूपमा प्रदर्शन मिति घोषणा गरिसकेका छैनन् ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ७ : ५० बजे

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा