वुमन्स एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाल « Khabarhub

वुमन्स एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाल


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । भारत भने ३ खेलमा अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको छ ।

समूह ए मा रहेको नेपाली महिला टोली श्रीलंकाको राङगिरी डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा भर्खरै सम्पन्न खेलमा भारतविरुद्ध ८२ रनले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो

टस जितेर पहिलो इनिङमा ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा नेपालविरुद्ध विशाल योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ९ विकेट गुमाएर ९६ रनमात्रै जोड्न सक्यो ।

नेपालकी ब्याटिङ ओपनर सीता रानामगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८ रन जोडिन्‌ । कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाउँदा विन्दु रावल १९ बलमा २ चौकासहित १७ रनमा नट आउट रहिन् ।

नेपालका लागि ब्याटिङतर्फ सम्झना खड्का ७, कविता कुँवर ६, डली भट्ट ५, पूजा महतो २, र काजोल श्रेष्ठले ३ रन योगदान गरे । भारतका लागि दिप्ती शर्माले ३, अरुणधिता रेड्डी २, राधा यादव २/२  रेनुका सिंहले १ विकेट लिए ।

पहिलो इनिङमा टस जितेर ब्याटिङ गरेको भारतका ब्याटिङ क्रमका शीर्ष खेलाडी शफाली बर्माले ८१ र दयालन हेमलताले ४७ रन जोडे । सन्जिवन सजनाले १० र जमिमाहले २८ रन जोडिन्‌ । सजीवन सजनाले १२ बलमा १० र जमीमा रोड्रिग्सले २८ रन र रिचा घोष ६ रन बनाइन्‌ ।

समूह ए कै पाकिस्तान ३ पनि खेलमा २ जीत र एक हारसाथ सेमिफाइनलमा प्रवेश गरिसकेको छ । पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । नेपालले आज भारतसँगको तेस्रो खेलमा पनि पराजय ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १० : ४७ बजे

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस