मर्स्याङ्दीमा खसेको बस नम्बर युपी ५३ एफटी ७६२३, घाइते र शव निकाल्दै सुरक्षाकर्मी « Khabarhub

मर्स्याङ्दीमा खसेको बस नम्बर युपी ५३ एफटी ७६२३, घाइते र शव निकाल्दै सुरक्षाकर्मी


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखराबाट काठमाडौंतर्फ आउँदै गर्दा तनहुँको आँबुखैरेनी नजिक ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस भारतीय रहेको खुलेको छ ।

झण्डै ४० यात्रु रहेका सो बसको नम्बर युपी ५३ एफटी ७६२३ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

पृथ्वी राजमार्गको आँबुखैरेनी-मुग्लिङ सडकखण्डमा पर्ने ऐनापहरा आँबुखैरेनी गाउँपालिका-२ मा पर्छ ।

सो भारतीय बस शुक्रबार बिहान करिब साढे ११ बजेतिर सडकबाट खसेको हो । प्राप्त तस्बिरहरू हेर्दा सो बसको माथिल्लो भाग नै उछिट्टिएर उदाङ्गो भएको छ । सिटमा केही यात्रुहरू देखिइन्छन्‌ भने उद्दार गरिएका यात्रुहरू बस खसेकै भीरमा यत्रतत्र छरिएका छन्‌ ।

पृथ्वी राजमार्गबारे जानकारी दिने सूचनामूलक फेसबुक खाता मुग्लिङ बजारमा प्रविष्ट गरिएका भिडियोहरू हेर्दा बस मर्स्याङ्दी नदीको किनारमै पुगेको छ । सुरक्षाकर्मीहरूले दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूको शव उतारिरहेको देखिन्छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  १२ : ४७ बजे

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका