१५ यात्रु अचेत भेटिए, ११ यात्रु भेटिएनन्‌ « Khabarhub

ऐनापहरामा बस दुर्घटना

१५ यात्रु अचेत भेटिए, ११ यात्रु भेटिएनन्‌


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तनहुँको आबुखैरेनी गाउँपालिका-२, ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय नम्बरप्लेटको बसबाट उद्दारकर्मीहरूले १५ अचेत यात्रुलाई निकालेको जानकारी दिएका छन्‌ । ११ यात्रु हराइरहेका छन्‌ ।

पोखराबाट काठमाडौंतर्फ आउँदै गर्दा शुक्रबार बिहान साढे ११ बजेतिर युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय नम्बरप्लेटको बस ऐनापहराबाट खसेको थियो ।

बेनीटार प्रहरी चेकपोष्टबाट दुर्घटनास्थलमा उद्दार निम्ति खटिएका प्रहरी हवल्दार ईश्वर थापाका अनुसार अहिले सुरक्षाकर्मीहरूले सचेत र अचेत दुबै यात्रुहरूलाई सडकमा उतार्दैछन्‌ । पाँच जना यात्रुलाई अस्पतालतर्फ पठाइएको छ ।

बस मर्स्याङ्दी नदीको किनारमै पुगेको छ । बस रहेको स्थानबाट सडकसम्म उक्लन निकै कठिन रहेकाले उद्दारमा खटिएका सुरक्षाकर्मीहरूले एक पटकमा एक यात्रुलाई बोकेर ल्याइरहेका छन्‌ ।

घटनास्थलमा ट्राभल एजेन्सीका प्रतिनिधि आएका र निजले सो बसमा ३९ जना यात्रु रहेका बताएका छन्‌ । हराएका यात्रु खोजी गर्न गोताखोर टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  १ : १६ बजे

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका

खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)

चितवन–  जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको