स्वास्थ्य सामग्रीको विवरण संकलन गर्न मन्त्रालयद्वारा कार्यदल गठन « Khabarhub

स्वास्थ्य सामग्रीको विवरण संकलन गर्न मन्त्रालयद्वारा कार्यदल गठन


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खरिद र अनुदानमा प्राप्त स्वास्थ्य सामग्रीको विवरण सङ्कलन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

मन्त्रालयलाई सुझाव दिन गठित कार्यदलको संयोजकमा प्रा.डा. नारायण विक्रम थापा छन् । यसैगरी, सदस्यहरूमा डा. श्रवण कुमार थापा, स्वास्थ्य मन्त्रालयका लेखा अधिकृत शालिकग्राम चौधरी, मन्त्रालयका कानुन अधिकृत सेना बहादुर श्रेष्ठ, र विष्णु बहादुर क्षेत्री छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सामग्रीको अभाव तथा खरिद गरेर पनि सदुपयोग हुन नसकेको अवस्था कम गर्न आवश्यक तथ्यांक र सुझावका लागि विज्ञ समिति गठन गर्न अग्रसरता लिएका छन् ।

कार्यदललाई विगत तीन वर्षमा मन्त्रालय र स्वास्थ्य सेवा विभागले खरिद गरेका स्वास्थ्य उपकरण तथा सामग्रीहरूको वितरण प्रक्रिया, हालको मौज्दात अवस्था र आगामी वितरण योजनाबारे विस्तृत अध्ययन गर्न भनिएको छ ।

यसैगरी, विगत तीन वर्षको अवधिमा मन्त्रालय र विभागलाई विभिन्न दातृ निकायहरूबाट अनुदानमा प्राप्त सामग्रीहरूको विवरण, ती सामग्रीहरू वितरणको अवस्था र त्यसपछि हालको मौज्दात अवस्थाबारे समेत विवरण सङ्कलन गर्नेछ ।

कार्यदलले विस्तृत विवरण सङ्कलन गरी विद्यमान स्वास्थ्य सामग्रीको वास्तविक अवस्थाको बारेमा जानकारी दिने र स्वास्थ्य सेवा प्रणालीमा थप पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा मन्त्रालयको छ ।

‘कार्यदलले आफ्नो अनुसन्धानमा पाएको नतिजाको आधारमा मन्त्रालयलाई सुझाव दिनेछ, जसले स्वास्थ्य सामग्रीको खरिद, वितरण, र व्यवस्थापन प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी, र जवाफदेही बनाउन मद्दत गर्नेछ’, मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले भने ।

उनले गठित कार्यदलले स्वास्थ्य क्षेत्रको खरीद प्रक्रिया थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ८ : ४० बजे

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा

कांग्रेसको प्रतिज्ञापत्रमा बिहीबार खुला प्रश्नोत्तर

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सार्वजनिक गरेको प्रतिज्ञापत्र

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री तथा नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले यही