बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना « Khabarhub

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनुसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

महाशाखाका अनुसार देशका केही भू–भागमा बिहानैदेखि मौसम बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

देशका पहाडी भूभागका थोरै तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति कोशी, मधेस र बागमती प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ५ बजेर ५३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५९ मिनेटमा हुनेछ ।

 

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ६ : १८ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ