ह्यारिसको चुनाव जित्ने आधार बन्दै आप्रवासी मुद्दा र सद्भाव « Khabarhub

ह्यारिसको चुनाव जित्ने आधार बन्दै आप्रवासी मुद्दा र सद्भाव

युवादेखि महिलासम्मको आकर्षण


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – एनबिसी न्युजले जुलाई महिनामा गरेको सर्वेक्षणमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जो बाइडेनको तुलनामा दुई प्रतिशतले अघि थिए। जुलाई महिनामा नै बाइडेनले रेस त्यागेपछि एनबिसी न्युजकै अनुसार अहिले ५ प्रतिशतले ह्यारिस अघि छिन्। पछिल्लो सर्वेक्षणले ह्यारिस ४९ प्रतिशत तथा ट्रम्प ४४ प्रतिशतको अवस्थामा छन्।

अहिले ह्यारिस सबै रूपले अघि छिन्। उनी मानसिक रूपले दरिलो छिन्। सुरुमा बाइडेनको शारीरिक अवस्थामा ट्रम्पले आक्रमण गरेका थिए भने अहिले ह्यारिसले नै त्यसै विषयमा आक्रमण गरेकी छिन्।

वर्तमान उपराष्ट्रपति तथा पूर्व राष्ट्रपतिको भिडन्तमा धेरै जना अमेरिकी वर्तमान अवस्थामा असन्तुष्ट देखिएका छन्। तर, सुधारोन्मुख भविष्यका लागि ह्यारिस प्रति धेरै आशावादी छन्।

हार्ट रिसर्च एसोसिएटका जेफ होरविटका अनुसार जुलाई महिनामा ट्रम्प विजय उन्मुख थिए। अहिले त्यो वातावरण फेरिएको छ।
अहिले ट्रम्पले उठाएको मुद्दामध्ये मुद्रास्फीतिको मुद्दामा बलियो भए पनि अन्य विषयमा उनी कमजोर छन्।

अहिले मूल्य वृद्धिका कारण जनजीवनमा समस्या देखिएको छ। यसमा धेरै अमेरिकी सतर्क छन्। धेरै जना बाइडेनसँग असन्तुष्ट रहे पनि ह्यारिसले यसलाई सम्हाल्न सक्दिनन् भन्नेमा सबै सहमत छैनन्।

सर्वेक्षणमा ह्यारिस अश्वेत अमेरिकीमा ८५-७ प्रतिशतले अघि छिन्। यसैगरी, १८ देखि ३४ वर्षको उमेर समूहमा उनको अग्रता ५७-३४ प्रतिशत छ। महिलाको उनको अग्रता ५८-३७ प्रतिशत छ। कलेज डिग्री भएकामा ५९-३८ तथा स्वतन्त्रमा ४३-३५ प्रतिशत छ।
पुरुष मतदातामा ट्रम्प ५२-४० प्रतिशतले अघि छन्।

यसैगरी, कुल श्वेत मतदातामा ५२-४० प्रतिशतले अघि छन्। कलेज डिग्री नभएका श्वेत मतदातामा उनी ६१-३३ प्रतिशतले अघि छन्।
ह्यारिसका समर्थक आप्रवासी मुद्दाका कारण सबै भन्दा धेरै प्रभावित छन्।

यसैगरी गर्भपतनको मुद्दाले उनका समर्थक बढेका छन्। शारीरिक र मानसिक स्वास्थ्य उनको तेस्रो आधार देखिएको छ। धैर्यता र परिवर्तनको मुद्दा उनलाई बलियो मनाउने थप आधार छन्।

ट्रम्पको पक्षमा मत दिने सीमा सुरक्षाको मुद्दाले सबै भन्दा बढी प्रभावित छन्। अर्थतन्त्र र जीवनस्तरको मुद्दामा भने धेरै जना ट्रम्पसँग प्रभावित छन्।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ८ : ३१ बजे

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक

अमेरिकासँग सम्भावित शान्ति सम्झौताको विरोधमा उत्रिए इरानी, इजरायलमा बढ्यो चिन्ता

तेहरान- अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर विरोध सुरू भएको छ।

२४ घण्टामा विपद्का २४ घटना : २ जनाको मृत्यु, १५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकारका २४ वटा विपद्का

फ्रान्सविरुद्ध फाइनल खेलाएका पोलिस रेफ्री नै अर्जेन्टिनाको खेलमा दोहोरिँदै

काठमाडौं- साविक विश्वकप विजेता अर्जेन्टिनाले अल्जेरियाविरुद्ध खेल्ने समूह चरणको खेल