देश/प्रदेश

सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई कास्की अदालतमा पेस गरिँदै

By खबरहब

September 23, 2024

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई आज कास्की जिल्ला अदालतमा पेस गरिँदै छ । जोशीलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको हो ।

काठमाडौंको शंखमुलबाट आइतबार पक्राउ परेका जोशीलाई हिजो नै पोखरा पुर्‍याइएकाे थियो ।

पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम ल्याएको संसदीय छानबिन समितिले प्रतिवेदन दिएपछि जोशीविरुद्ध कास्की प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो ।

सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविराज जोशी र सदस्य कुमार रम्तेललाई कारबाही सिफारिस गरेको थियो।