धवलागिरिको धारापानी–झिनडाँडा सडक स्तरोन्नति  | Khabarhub Khabarhub

धवलागिरिको धारापानी–झिनडाँडा सडक स्तरोन्नति 


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – धवलागिरि गाउँपालिका–७ धारापानीदेखि ताकम–शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको काम सुरु भएको छ । 

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी– ताकम–मुना सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो । 

डेढ दशकअघि मार्ग खुलेको सडक स्तरोन्नति थालिएको धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले जानकारी दिए । स्थानीयको सहमति र आग्रहअनुसार धारापानी तथा ताकम गाउँभित्रको सडकलाई पक्की बनाउने गरी डिजाइन  भएको छ । 

धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरिको वडा नं ५ का बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । सडक स्तरोन्नति हुन थालेपछी स्थानीय उत्साहित भएका छन् ।

चार किलोमिटर दुरीको यो सडक स्तरोन्नतिका लागि विसं २०८१ जेठ २० गते रामसागर–बिएस धौलागिरि जेभी र पूर्वाधार विकास कार्यालयबीच १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले दुई वर्षको ठेक्का अवधि भएको योजनाको निर्माण कम्पनीले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माणको काम थालेको बताए । आठ मिटरका दरले सडकलाई फराकिलो बनाइने भएको छ ।

यो सडक हाल चारदेखि पाँच मिटर फराकिलो छ । म्याग्दीदेखि ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने जिल्लाका जनप्रतिनिधिले बताएका छन् । 

म्याग्दी १ ९२० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले यो सडक आयोजनाअन्तर्गत झिनडाँडादेखि मुनातर्फ र हालै ग्राभेल भएको दरवाङ–धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश तथा सङ्घीय सरकारको लागत साझेदारीमा रु एक अर्ब बजेटको आयोजनाको यसै आर्थिक वर्षदेखि सुरु हुने जानकारी दिए। 

हाल मरेनी पुगेको कच्ची सडकलाई विस्तार गरेर ढोरपाटन जोड्न सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरी थप रु छ करोड ५० लाख विनियोजन भएको जुग्जालीले बताए । प्रदेश सरकारको लगानीमा दरवाङदेखि धारापानी जोड्ने करिब सात किलोमिटर सडक गत वर्ष ग्राभेल भएको थियो । 

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १२ : १३ बजे

नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी

काठमाडौं– नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीहरू माग गरेको छ

‘सिद्धान्त नै नमिल्ने दलहरूको सरकारले राजनीतिक स्थिरता कायम गर्न सक्दैन’

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले अहिलेको सरकारले पनि मुलुकमा

श्रममन्त्री भण्डारी र जापानी समकक्षीबीच भेट, श्रम समझदारी कार्यान्वयनबारे छलफल

काठमाडौं– जापान भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह

पक्राउविरुद्ध दुर्गा प्रसाईद्वारा बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध सर्वोच्च अदालतमा रिट पेश

भट्टराईले ल्याउन सकेनन् स्‍नातक पासको प्रमाण, राजदूतबाट नाम अस्वीकृत गरिँदै

काठमाडौं- संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे