संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सभामुखको जोड | Khabarhub Khabarhub

संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सभामुखको जोड


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निजामती सेवा ऐन संसोधन, प्रहरी परिचालन सम्बन्धी ऐन र शिक्षा सम्बन्धी ऐन पारित गर्न सकिएमा सङ्घीयता कार्यान्वयनमा सहजता आउने बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरू निर्माण गर्न नसकिँदा संवैधानिक समस्याहरू देखिने गरेको धारणा पनि राखे ।

सङ्घीय संसद्को वर्षे अधिवेशनमा नै धेरै उपलब्धिमूलक कामहरू भएपनि संविधान कार्यान्वयनका लागि चाहिने कानूनहरू निर्माण हुन नसकेको उनले बताए । 

उनले संविधान संसोधन गर्ने थलो संसद् नै भएकाले यसको विधि, प्रक्रिया, विषयबारे संसद्‌मा छलफल गरेर समिति बनाउन सकिने जानकारी दिए ।

त्यस्तै सभामुख घिमिरेले वर्षे अधिवेशनमा उपसभामुखको आचरण बारे सांसदहरुले कुरो उठाएको भएपनि यस बारे छलफल नभई संसद् अधिवेशन अन्त्य भएकाले आगामी अधिवेशनमा छलफल हुन सक्ने बताए ।

 

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १२ : ३८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’