इजरायलमा रहेका नागरिकलाई इजरायल छाड्न चीनको आग्रह « Khabarhub

इजरायलमा रहेका नागरिकलाई इजरायल छाड्न चीनको आग्रह


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति सक्यो छिटो इजरायल  छोड्न आग्रह गरेको छ ।

हाल, इजरायल–लेबनान सीमामा अत्यन्त तनावपूर्ण स्थिति रहेको तथा बारम्बार बढ्दो सैन्य द्वन्द्वको सम्भावना देखाउँदै इजरायलस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकलाई सुरक्षाको लागि स्थानान्तरणको निर्देशन दिएको हो ।  

नागरिकहरूलाई इजरायल छोडी स्वदेश तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्न आह्वान गर्दै जारी गरिएको विज्ञप्तिमा इजरायलको सुरक्षा अवस्था गम्भीर भएको उल्लेख गरिएको छ । 

यसैबीच, इजरायल र हेजबुल्लाहले आइतबार दुवै पक्षलाई पूर्ण युद्धबाट पछि हट्न अन्तर्राष्ट्रिय आह्वानको बाबजुद सीमापार आक्रमण बढाउने धम्की दिएका छन् ।

दक्षिणी बेरुतको सघन जनसङ्ख्या भएको हेजबुल्लाहको गढमा शुक्रबार इजरायली हवाई आक्रमणमा हेजबुल्लाहको कुलीन रादवान फोर्सका प्रमुख इब्राहिम अकील मारिएका थिए  ।  

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १२ : ५६ बजे

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ