एन्फा महिला लिग : कोशी र चन्द्रपुरको बराबरी | Khabarhub Khabarhub

एन्फा महिला लिग : कोशी र चन्द्रपुरको बराबरी


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काठमाडौंमा जारी एन्फा महिला लिगमा कोशी प्रदेशले चन्द्रपुर नगरपालिकासँग बराबरी खेलेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा कोशीले चन्द्रपुरसंग १–१ गोलको बराबरी खेलेको हो । खेलमा पहिलो गोल चन्द्रपुरले गरेको थियो । 

चन्द्रपुरका लागि खेलको ५१ औं मिनेटमा सुनिता कुँवरले गोल गरेकी थिइन् , तर खेलको ८० औं मिनेटमा कोशीका तर्फबाट ममता राउतले गोल गर्दै बराबरीको अवस्थामा ल्याएकी थिइन् । त्यसपछि भने दुवै टोलीले कुनै गोल गर्न सकेन ।

बराबरीसँगै कोशी ८ खेलमा ११ अंकका साथ पाँचौ स्थानमा कायमै छ भने समान खेल खेलेको चन्द्रपुर ८ अंकका साथ सातौँ स्थानमा उक्लिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  २ : ४५ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ