सडकमा विलाप नगर्न रास्वपालाई विश्वप्रकाशको सुझाव | Khabarhub Khabarhub

सडकमा विलाप नगर्न रास्वपालाई विश्वप्रकाशको सुझाव


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्तालाई सडकमा विलाप नगर्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत महामन्त्री शर्माले अदालतको फैसला कुर्न र अनुसन्धानमा सघाउन आग्रह गर्दै सडक विलापको जगहँसाइ नगर्न सुझाव दिएका छन् ।

उनले रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदनले प्रचलित कानुन बमोजिम कारवाही गर्नु भन्ने सिफारिस गरेको उल्लेख गर्दै प्रक्रिया सुरु भएपछि ‘राजनैतिक प्रतिशोध’ भन्नु संसदीय समिति र संसदकै अपमान भएको बताएका छन् ।

उनले भनेका छन्, ‘कांग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी नगरौँ । अनुसन्धानलाई सघाऔँ, अदालतको फैसला कुरौँ । सडक विलापको जगहँसाइ नगरौँ ।

उनले दोषीलाई कारवाही र बचतकर्ताको रकम फिर्ता अहिलेको राष्ट्रिय आवश्यकता रहेको उल्लेख गरेका छन् । उनले न्यायालय अगाडिको प्रदर्शन न्यायालय प्रभावित गर्ने प्रयास वैकल्पिक राजनीति कि विधि उपर समेतको ठगी भन्दै प्रश्न गरेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १२ : ०६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका