वैतेश्वरमा क्यान्सरका बिरामी बढ्दै, एउटै वडामा १८ जना « Khabarhub

वैतेश्वरमा क्यान्सरका बिरामी बढ्दै, एउटै वडामा १८ जना


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

दोलखा– पछिल्लो दिनहरूमा वैतेश्वर गाउँपालिकामा क्यान्सर र मिर्गौलाका बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको छ।

वैतेश्वरमा अघिल्लो वर्षको तुलनामा यस वर्ष क्यान्सर र मिर्गौला पीडित रोगका बिरामी २५.२ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले दिएको तथ्यांकअनुसार गत वर्ष ४२ जना क्यान्सर र मिर्गौलाका बिरामी रहेको यस वर्ष भने, उक्त सङ्ख्या वृद्धि हुँदै ६० जना पुगेको वैतेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बम बहादुर तामाङले बताए ।

पालिकाको वडा नम्बर-८ बाहेक अन्य ७ वटा वडा क्यान्सर र मिर्गौलाका बिरामी रहेको स्वास्थ्य अधिकृत तामाङले बताए । उनका अनुसार वडा नम्बर-६ मात्रै १८ जना क्यान्सर रोगी रहेका छन् ।

गत वर्ष यस वडामा १० जना क्यान्सर रोगी रहेकोमा यस वर्ष उक्त सङ्ख्या बढेर १८ पुगेको वैतेश्वर-६ नाम्दुकि वडा सचिव सीमा लामाले बताइन् ।

त्यसैगरी दोस्रो सबैभन्दा  बढी क्यान्सरको बिराम रहेको वडा नम्बर-४ रहेको छ।अघिल्लो वर्ष १२ जना क्यान्सर संक्रमित रहेको वडा नम्बर-४ यस वर्ष १३ जना रहेको छ।

त्यसैगरी वडा नम्बर-७ मा पनि अघिल्लो वर्षको तुलनामा दोब्बरले क्यान्सर तथा मिर्गौला रोगी बढेका छ। ७ मा गत वर्ष ६ रहेकोमा यस वर्ष संक्रमित बिरामीको सङ्ख्या १२ पुगेको गाउँपालिकाले जनाएको छ।

त्यसैगरी वडा नम्बर-३ मा पनि बिरामीको सङ्ख्या ८ पुगेको छ । गत वर्ष यस वडा संक्रमित बिरामी ३ जना मात्रै रहेका थिए।त्यसैगरी वडा नम्बर-२ मा ४ र वडा नम्बर-१ मा २ जना क्यान्सरको उपचार तथा औषधि खाइरहेका बिरामी रहेको गाउँपालिकाले जनाएको छ।

उपयुक्त खानपिन नमिल्दा क्यान्सर रोग लाग्ने गर्छ।विश्वमा सबैभन्दा धेरै मुत्यु गराउने रोगमध्ये प्रमुख रोग क्यान्सर हो । क्यान्सर बालकदेखि वृद्धसम्म जुनसुकै उमेर समूहलाई लाग्ने रोग हो ।

सरकारले क्यान्सर, डायलासिस, किड्नी प्रत्यारोपण र मेरूदण्डको पक्षघात भएका बिरामीलाई मासिक औषधि उपचार खर्च पाँच हजार रुपैयाँ दिने निर्णयअनुसार पालिकाले उक्त रोगका बिरामीको तथ्याङ्क संकलन गरिरहेको छ ।

सुबास बस्नेत

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १२ : ४४ बजे

ढोरपाटन–तकसेरा सिधा सडक सञ्चालनमा

ढोरपाटन– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा सिधा सडक सञ्जालमार्फत

महिलामैत्री कार्यक्रमले बदलिँदै वीरेन्द्रनगर

सुर्खेत– तीन वर्षअघिसम्म वीरेन्द्रनगर नगरपालिका–७ की ६६ वर्षीया मन्धरी नेपालीका

गणेश नेपाली प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं- त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको सोरू

डोको बोकेर नायिका सिम्रन वसन्तपुरमा

काठमाडौं – नायिका सिम्रन खड्का अहिले चर्चामा छिन् । उनको

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन