शुक्लाफाँटामा जङ्गल सफारी खुला « Khabarhub

शुक्लाफाँटामा जङ्गल सफारी खुला


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी – महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको हो । 

गत असारमा आएको बाढीका कारण पर्यटक पथमा क्षति पुगेका कारण यस वर्ष ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए। 

‘अन्य वर्षको भन्दा यस पटक ढिलो गरी हामीले जङ्गल सफारी खुला गरेका छौँ’, उनले भने, ‘निकुञ्जभित्र पर्यटक पथमा रहेका सबै पुल र बाटोमा बाढीले क्षति गरेको र मर्मतका लागि समय लागेका कारण ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरिएको हो ।’ 

उनले बाढीले सडक र काठेपुलहरु बाढी क्षति गरेको बताए। 

‘अहिले पनि सहायक बाटाहरुमा ग्राभेललगायत काम गर्न बाँकी छ’, संरक्षण अधिकृत ऐरले भने, ‘निकुञ्ज कार्यालयले पर्यटन प्रवर्द्धनका लागि काम गरिरहेको छ ।’

 तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफल रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाका लागि प्रख्यात छ । निकुञ्जको विशाल घाँसेमैदानमा दुई हजार बढी बाह्रसिङ्गाको झुण्ड देख्न पाइन्छ । त्यसैगरी, निकुञ्ज पाटेबाघका लागि पनि प्रख्यात छ । निकुञ्जले गरेको पछिल्लो गणनाअनुसार यहाँ बाघको सङ्ख्या ४४ पुगेको छ । 

त्यसैगरी, गैँडालगायत दुर्लभ वन्यजन्तुका लागि पनि निकुञ्ज प्रसिद्ध छ । वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिका लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा । निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन्भने २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, २०१३ को गणनाअनुसार ८०–९० वटा नीलगाई र चार सय ४९ प्रजातिका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ । 

विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भुडीफोरजस्ता वन्यजन्तु पनि छन् । स्तनधारी वन्यजन्तुमा ५३ वटाभन्दा बढी प्रजातिहरू रहेका छन् । 

जसमा पाटेबाघ, एकसिङ्घे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपिड खरायो, बँदेल आदि रहेका छन् । निकुञ्ज प्रशासनका अनुसार गत आर्थिक वर्षमा निकुञ्जमा तीन हजार ६७ पर्यटकले अवलोकन गरेका छन । यसमा विदेशीको सङ्ख्या दुई सय ५० मात्रै छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १ : २३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल