प्रधानमन्त्रीको दाबी- देशमा अराजकता फैल्याउन खोज्ने तत्व सक्रिय भए | Khabarhub Khabarhub

प्रधानमन्त्रीको दाबी- देशमा अराजकता फैल्याउन खोज्ने तत्व सक्रिय भए


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय देशमा अस्थिरता र अराजकता फैल्याउन खोज्ने तत्वहरू सक्रिय भएको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबाबाट सम्बोधनमार्फत सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।

उनले देशमा अराजकता फैल्याउने र अस्थिरता ल्याउने कोसिस भएको जिकिर गरेका छन् । भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा राख्नेहरूले मतियार जोगाउने उद्देश्य अराजकता मच्चाउन खोजेको बताए ।

‘देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरु सक्रिय रहेको हामीले देखिरहेका छौं’, उनले भने, ‘सरकार भ्रष्टाचारविरुद्ध कठोर भएर अघि बढ्छ । कुनै किसिमको अराजकता देशलाई स्वीकार्य छैन ।’

उनले अफवाह, झूट र अराजकताले सामाजिक संरचनामा खलबल्याउने कोसिस भइरहेको भन्दै यसतर्फ सरकार सचेत रहेको पनि बताएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : ३२ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित