प्रधानमन्त्रीको दाबी- देशमा अराजकता फैल्याउन खोज्ने तत्व सक्रिय भए | Khabarhub Khabarhub

प्रधानमन्त्रीको दाबी- देशमा अराजकता फैल्याउन खोज्ने तत्व सक्रिय भए


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय देशमा अस्थिरता र अराजकता फैल्याउन खोज्ने तत्वहरू सक्रिय भएको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबाबाट सम्बोधनमार्फत सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।

उनले देशमा अराजकता फैल्याउने र अस्थिरता ल्याउने कोसिस भएको जिकिर गरेका छन् । भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा राख्नेहरूले मतियार जोगाउने उद्देश्य अराजकता मच्चाउन खोजेको बताए ।

‘देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरु सक्रिय रहेको हामीले देखिरहेका छौं’, उनले भने, ‘सरकार भ्रष्टाचारविरुद्ध कठोर भएर अघि बढ्छ । कुनै किसिमको अराजकता देशलाई स्वीकार्य छैन ।’

उनले अफवाह, झूट र अराजकताले सामाजिक संरचनामा खलबल्याउने कोसिस भइरहेको भन्दै यसतर्फ सरकार सचेत रहेको पनि बताएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : ३२ बजे

वीरगञ्ज महानगरभित्रका १५ सहकारीका सञ्चालक फरार

काठमाडौं – वीरगञ्ज महानगरपालिका भित्रका १५ वटा सहकारी संस्थाका सञ्चालक

जम्मा गर्नुस् एक लाख रुपैयाँ, ७७ कम्पनीले ल्याउँदैछन् आईपीओ

काठमाडौं – पुँजीबजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) ले करिब

सर्वोच्चले छोड्न मानेन दुर्गा प्रसाईंलाई

काठमाडौं – साइबर अपराधको कसुरमा पक्राउ परेका भाइरल मेडिकल व्यवसायी

युद्ध विरामपछि बेरुतका विस्थापित बासिन्दा घर फर्के

एजेन्सी – युद्धविराम लागू भएपछि द्वन्द्वका कारण क्षति भएको बेरुतको

जुम्लामा सञ्चालित शिविरबाट छ सय १६ जनाले लिए सेवा

जुम्ला– जिल्लाको तिला गाउँपालिका र हिमा गाउँपालिकामा सञ्चालित दुईदिने निःशुल्क