लुम्बिनी प्रदेशमा थपिए तीन मन्त्री « Khabarhub

लुम्बिनी प्रदेशमा थपिए तीन मन्त्री


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेशमा तीनजना नयाँ मन्त्री थपिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले तीन नयाँ मन्त्रीको नाम प्रदेश प्रमुखलाई सिफारिस गरेका हुन् ।

गत साउन ७ गते मुख्यमन्त्री बनेका मुख्यमन्त्री आचार्यले नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टीबाट बाँकेका आदेशकुमार अग्रवाललाई मन्त्रीमा सिफारिस गरेका हुन् ।

सिफारिस भएका नयाँ मन्त्री मध्ये तिमिल्सिनालाई सामाजिक विकास, कलवारलाई वन तथा वातावरण मन्त्रालय र अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

नवनियुक्त मन्त्रीहरूको बिहीबार बिहान ८ बजे शपथ हुने बताइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ६ : २९ बजे

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज