प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने | Khabarhub Khabarhub

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड जम्मा गर्ने भएको छ ।

गत असोज ११, १२ र १३ गतेको अविरल वर्षाका कारण भएको क्षतिको पुनःनिर्माण र मर्मतसम्भार गर्न उक्त कोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए ।

कोशी प्रदेश सरकारले यो कोषमा मन्त्रीहरुको १० दिनको तलब जम्मा गर्ने, सांसदहरुलाई सम्बन्धित दलमार्फत सहयोगको आग्रह गर्ने र कर्मचारी तथा अन्य सरोकारवालाहरुलाई सहयोगको आह्वान गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

बाढीपहिरोका कारण कोशी प्रदेशमा सडक, पुल, सिँचाइ, भवन, विद्यालय गरेर रु चार अर्ब बढीको क्षति भएको छ । क्षतिग्रस्त संरचनालाई दीर्घकालीन र तत्काल दुई वर्गमा वर्गीकरण गरी पुनःनिर्माण र मर्मतसम्भार गर्ने सरकारको तयारी छ ।

त्यस्तै प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सिँचाइ नियमावली र सार्वजनिक खर्चको मापदण्ड र मितव्ययीतासम्बन्धी दोस्रो संशोधन निर्देशिका स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ९ : ३९ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको