राजस्व कार्यालय भरतपुरमा निःशुल्क करदाता सहायता कक्ष | Khabarhub Khabarhub

राजस्व कार्यालय भरतपुरमा निःशुल्क करदाता सहायता कक्ष


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा निःशुल्क करदाता सहायता कक्ष स्थापना गरिएको छ । उद्योग वाणिज्य सङ्घ चितवनले जीआईजेडको सहयोगमा सहायता कक्ष स्थापना गरेको हो ।

कक्षको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । जीआईजेडमा नेपालका राष्ट्रिय प्रतिनिधि पाउलिना क्याम्पोस मोन्ट्रेरस, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, आन्तरिक राजस्व कार्यालयका प्रमुख पुण्यविक्रम खड्का र उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सो अवसरमा जीआईजेडका प्रतिनिधिहरु, उद्योगी व्यवसायी, लेखासँग सम्बन्धित विभिन्न व्यक्तिको उपस्थिति थियो ।

सङ्घका अध्यक्ष श्रेष्ठले सहायता कक्षमा कम्प्युटर, प्रिन्टर, डिस्प्ले बोर्डलगायत सामग्रीसहित सङ्घले एकजना कर्मचारीको व्यवस्था गरेको छ । ती कर्मचारीमार्फत करदाताहरुलाई दर्ता, नवीकरण, करचुक्ता, कर शिक्षा–परामर्श लगायतका सेवा दिइनेछ ।

कार्यालयका प्रमुख खड्काले यस कार्यालयअन्तर्गत ७४ हजार करदाता रहेको भन्दै सेवाग्राहीको सहजीकरणका लागि कक्ष प्रभावकारी बन्ने बताए ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  १० : ०१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका