मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छौँ : उपप्रधानमन्त्री सिंह « Khabarhub

मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छौँ : उपप्रधानमन्त्री सिंह


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्र राष्ट्रहरूसँग नेपालले सुमधुर सम्बन्ध राख्ने बताएका छन्। शनिबार छत्रपाटी निःशुल्क चिकित्सालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।

‘मित्र राष्ट्रहरूसँग सम्बन्ध राम्रो गरेर हामी अगाडि बढ्न चाहन्छौं,’ उनले भने। परस्परको सहयोगले आपसी सम्बन्ध सुमधुर बनाउन सहयोग गर्ने पनि उनले बताए। 

कार्यक्रममा  काठमाडौंस्थित चिनियाँ दूतावासले छत्रपाटी निःशुल्क चिकित्सालयलाई उपलब्ध गराएको विद्युतीय सवारिसाधन चिकित्सालयलाई हस्तान्तरण गरिएको छ। उपप्रधानमन्त्री सिंहले विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असर बढ्दै गइरहेको अवस्थामा चिकित्सालयलाई विद्युतीय सवारी साधन उपलब्ध गराएकोमा आभार व्यक्त गरे। 

२०१६ सालमा लौहपुरूष गणेशमान सिंहले शिलान्यास गरेको चिकित्सालय अहिले सुविधासम्पन्न अस्पतालकै रूपमा विकास भएकोमा सिंहले खुशी व्यक्त गरे। 

‘पुर्खाले समुदायमा उपचारका लागि सानो कामबाट सुरू गरेको काम अहिले सुविधासम्पन्न अस्पतालको स्वरूपमा आइपुग्दा खुशी लागेको छ,’ सिंहले भने।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपालको आर्थिक विकास र समृद्धिका लागि चीनले सहयोग गर्दै आएको उल्लेख गर्दै  आगामी दिनमा सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  १ : ३५ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न