रविसहित चार जनालाई बयानका लागि अदालत लगियो, छविसँग बयान जारी | Khabarhub Khabarhub

रविसहित चार जनालाई बयानका लागि अदालत लगियो, छविसँग बयान जारी


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित चार जनालाई बयानका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका लामिछाने, पूर्व डीआईजी एवं गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएको हो । कृष्णबहादुर गुरुङ भने अस्वस्थ भएकाले अस्पताल लगिएको बताइएको छ ।

बयानको पहिलो दिन सोमबार न्यायाधीश नीतिज राईको इजलासमा जोशीको मात्र बयान लिइएको थियो । हिजो उनको बयान नसकिएकाले अहिले उनको बयान जारी रहेको छ । जोशीको बयान सकिएपछि आज रास्वपा सभापति लामिछानेको बयान हुनेछ ।

सबै प्रतिवादीहरूको बयान सकिएपछि थुनचेकको बहस र आदेश हुनेछ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ११ : ४९ बजे

व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी

रामपुर – रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक

एमाले सचिवालय बैठक : उपनिर्वाचन र सरकारको कामको समीक्षा हुँदै

काठमाडौं- सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक २ घण्टा ढिलो

एनएमएसआरए काठमाडौँ : कोशराज अवस्थीको नेतृत्वमा नयाँ कार्यसमिति गठन 

काठमाडौं– नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन (एनएमएसआरए) काठमाडौँमा कोशराज

राष्ट्रपतिकहाँ पुग्दै सहकारीसम्बन्धी अध्यादेश, राखियो बचत फिर्ता र मिलापत्रको व्यवस्था

काठमाडौं- सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न