लाइबेरियामा युवाबाट परिपक्व व्यक्तिमा सरेको जिम्मेवारी | Khabarhub Khabarhub

लाइबेरियामा युवाबाट परिपक्व व्यक्तिमा सरेको जिम्मेवारी


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

विपक्षीले सुताहा जोको उपनाम दिएका जोसेफ बोएकाई ७९ वर्षको उमेरमा लाइबेरियाका राष्ट्रपति हुने पक्का भएको छ। उनी सबै भन्दा बढी उमेरमा राष्ट्रपति हुन लागेका हुन्। उनको जितमा पूर्व लडाकुको ठुलो साथ थियो। देशमा सबै भन्दा कम उमेरमा राष्ट्रपति निर्वाचित हुने कीर्तिमान राखेका जर्ज वेबाट उनले सत्ता हातमा लिएका हुन्।

पूर्व फुटबल स्टार वे ६ वर्ष अघि ५१ वर्षको उमेरमा बोएलाई हराउँदै राष्ट्रपति भएका थिए। यस पटक वेलाई उनले २० हजार मतान्तरमा पराजित गरे। त्यहाँका चर्चित सञ्चारकर्मी बोएको जितलाई आश्चर्यको रूपमा लिन नहुने बताउँछन्।

वेको कार्यकालमा धेरै भ्रष्टाचार भएको गुनासो सुनिएको थियो। उनका समर्थकहरू कारमा यात्रा गरिरहेको तथा महँगा रेस्टुरेन्टमा प्रवेश गरी रहेको दृश्यले धेरैलाई आश्चर्यमा पारेको थियो। मतदाताकै बिचमा एउटा प्रश्न उब्जिएको थियो। सामान्य मानिस जीवन यापनका लागि सङ्घर्ष गरीरहेको समयमा अधिकारीहरू कसरी विलासिताको जीवन यापन गर्न सक्छन् ? भन्ने प्रश्न नै सन् १९९० को दशकका स्टार फुटबलरको चुनावी हारको कारण बनेको थियो।

पूर्व फुटबल स्टार वे ६ वर्ष अघि ५१ वर्षको उमेरमा बोएलाई हराउँदै राष्ट्रपति भएका थिए। यस पटक वेलाई उनले २० हजार मतान्तरमा पराजित गरे।

बोए माथि उनको शारीरिक अवस्थाका कारण धेरै आक्रमण भएका थिए। उनी राज्य सञ्चालन गर्न नै असक्त हुने मुख्य चुनावी मुद्दा बनेको थियो। उनको कार्यकाल काल सकिँदा ८५ वर्षका हुनेछन्। यी सबै आरोपलाई पार गर्दै उनी अत्यन्त सावधानीका साथ चुनावी अभियानमा होमिएका थिए।

मुटुमा पेस राखिएका बोएकाईले बारम्बार आफूले देशको सुविधामा अन्यत्र गए उपचार नगरेको बताउँदै सच्चा देश प्रेमी भएको दाबी गर्दै आएका थिए।

निर्वाचन अघि पनि उनले आफ्नो स्वास्थ्य देशका लागि उपयोगी हुने बताएका थिए। उनले आफ्नो अनुभव नै देश विकासमा लागि उपयोगी हुने पनि बताउँदै आएका थिए।

सन् २०१८ सम्म नोबेल पुरस्कार विजेता एलन जोन्सन सिरफाइका उपराष्ट्रपति भएका उनी युनाइटेड पार्टीको ब्यानरमा सन् २०१८ मै राष्ट्रपतिको उम्मेदवार थिए। अमेरिकामा रहेको सेन्टर फर ग्लोबल डेभलप्मेन्टका सिनियर फेलो गावायड मोरे वे थुप्रै स्क्यान्डलमा फसेपछि एउटा विश्वासिलो व्यक्तिको रूपमा बोएकार्इलाई धेरैले स्वीकार गरेको बताए। ‘उनी लाइबेरियाका राजनीतिमा केही दशकदेखि विभिन्न रूपमा छन्। उनको नाम नै एउटा भिन्न बिम्बको रूपमा लिन सकिन्छ,’ मोरेले भने। मोरे आफै पनि सिरफाइको नेतृत्वको सरकारका मन्त्री थिए।

मुटुमा पेस राखिएका बोएकाईले बारम्बार आफूले देशको सुविधामा अन्यत्र गए उपचार नगरेको बताउँदै सच्चा देश प्रेमी भएको दाबी गर्दै आएका थिए।

मोरेकै विचारमा उनले भरपर्दा उपराष्ट्रपति र सरकारका केही मन्त्रीको साथमा काम अघि बढाउने छन्। वेको सरकार चुकेको स्थानमा सावधानी पूर्वक सुधार गर्ने अपेक्षा पनि गरेको छ।

सरकारका हेर्न लायक व्यक्ति भने उपराष्ट्रपति केरामिङ कोङ हुन्। सडकमा हुर्किएका उनी व्यापार र कानुन व्यवसायमा उत्तिकै सफल रहे। अहिले उनी ४५ वर्षको उमेरमा उपराष्ट्रपति भएका छन्।

राजनीतिक समीक्षक डानियल सान्डोको विचारमा युनिटी पार्टीसँगको एकताका लागि यो निर्णय महत्त्वपूर्ण रहेको बताए। आफूमाथि लागेको प्रौढ उमेरका कारण अशक्त भएको आरोपलाई पार गर्न पनि उनी सफल हुनेछन्। राष्ट्रपतिको आकाङ्क्षा रहेका कोङलाई आफू सही रहेको पुष्ट गर्न यो एउटा महत्त्वपूर्ण अवसर समेत हुनेछ।

सरकारका हेर्न लायक व्यक्ति भने उपराष्ट्रपति केरामिङ कोङ हुन्। सडकमा हुर्किएका उनी व्यापार र कानुन व्यवसायमा उत्तिकै सफल रहे। अहिले उनी ४५ वर्षका भए ।

एक पटकका विद्रोही कमान्डर समेत रहेका पास्चर तथा कानुन व्यवसायी प्रीन्स जोन्सनले नेतृत्व गरेको मुभमेन्ट फर रिकन्सट्रक्सन एन्ड डेमोक्रेसी (एमआरडी) को गतिविधिबाट कोङको उदय भएको हो। यसै शक्तिले सन् १९९० मा सैन्य शासक सामुयल डोलाई मारेर कान पनि काटिएको थियो। यो सबै जोन्सनले हेरेका थिए। यस भिडियोलाई क्यामरामा राखेर पछि खुसीयाली मनाउँदै अन्त बाँडिएको थियो। सन् २००३ मा लाइबेरिया पूर्ण रूपमा शान्त भएपछि उनी पास्चर र राजनीतिज्ञ भएका थिए।

मोरेकै विचारमा जोन्सन अहिले लाइबेरिया राजनीतिको एउटा मुख्य शक्ति हुन् लाइबेरियाको दोस्रो ठुलो सहर निम्बामा उनको ठुलो समर्थन थियो। सन् २०१७ मा वेलाई साथ दिएका उनले यस पटक बोएलाई साथ दिएका हुन्।

अहिले बोएले जोन्सनसँग गरेको सबै प्रतिबद्धताका बारे कसैलाई थाहा छैन। तर आफ्नो नजिकमा व्यक्ति उपराष्ट्रपति बनाएर उनले पहिलो सफलता पाए। जोन्सनलाई युद्ध अपराधमा मृद्धा चलाउने उनका केही समर्थकको मागलाई भने बोएले कुनै हालतमा स्वीकार गर्न सक्ने छैनन्। अहिलेको पुस्तालाई त्यस युद्धकालीन समयका कुनै घाउ थाहा छैन। तर युद्धको पीडा भोग्नेहरु शान्ति स्थापना पश्चात् जोन्सनलाई हेर्ने नकारात्मक दृष्टिकोण हटेको छैन।

अहिलेको पुस्तालाई युद्धकालीन समयका कुनै घाउ थाहा छैन। तर युद्धको पीडा भोग्नेहरु शान्ति स्थापना पश्चात् जोन्सनलाई हेर्ने नकारात्मक दृष्टिकोण हटेको छैन।

अहिले संसारमा आएको आर्थिक सङ्कटले लाइबेरियालाई पनि छाडेको छैन। त्यहाँको केन्द्रीय बैङ्कसँग वैदेशिक विनिमयका लागि प्रशस्त पैसा समेत छैन। लाइबेरिया अहिले लागूऔषध कारोबारको समस्या पनि परेको छ। सोही समस्याका कारण धेरै जना अहिले ग्यास २० मार्चसम्मका लागि मात्र आपूर्ति गर्न सक्ने अवस्था छ।

आश्चर्यको विषय त के भने त्यहाँ वितरण हुने लागु औषध अत्यन्त सस्ता छन्। भाङजन्य पदार्थमा रसायन र औषधीको मिश्रण गरेर यसलाई वितरण गरिन्छ। यसै कारण यो सर्वत्र पुग्ने गरेको छ। सडकमा मानिस यस्ता पदार्थ सेवन गर्दै भौँतारिएर हिँड्नु सामान्य विषय बनी सकेको छ।

कहिले कहीँ सडकमा दुई या तीन शव अलपत्र परेका हुन्छन्। यसको कारण कसैले पनि पत्ता लगाउने गरेको छैन। लाइबेरियाको सामाजिक र आर्थिक दुरावस्थालाई नियाल्न बिच बाटोमा भौँतारी रहेका लागूऔषध प्रयोगकर्ता पर्याप्त हुनसक्छ।

जर्ज वेले भने कार्यकाल अलोकप्रिय रहे पनि पदत्याग गरेपछि खेल भावना जस्तै व्यवहार देखाएका छन्। चुनावी पराजयपछि वेले भने, ‘दल भन्दा देश ठुलो हो। यस कारण सबै मिलेर देश विकासमा लाग्नुको विकल्प छैन। चुनावको परिणाम जे जस्तै सुकै होस्।’ वे का समर्थ भने आफूले छानेको नेता शान्तिको पक्षधर भएको तथा वेको शान्तिको अभियान कायम रहने जनाइएको छ।

चुनावी पराजयपछि वेले भने, ‘दल भन्दा देश ठुलो हो। यस कारण सबै मिलेर देश विकासमा लाग्नुको विकल्प छैन। चुनावको परिणाम जे जस्तै सुकै होस्।’

लाइबेरियामा वेको कार्यकालबाट बोएकाइको कार्यकालसम्म पुग्दा धेरै परिवर्तन भएका छन्। पहिलो युद्धको पृष्ठभूमि भएको दल यथावत शक्तिशाली देखिएको छ। आर्थिक अनुशासनको सवालमा वे अलोकप्रिय भए भने लाइबेरियाले युवा जोस भन्दा बढी परिपक्व व्यक्तित्व रुचाएको प्रस्ट देखिएको छ। स्रोतः बीबीसी

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ९ : ०६ बजे

महाराष्ट्रमा बिजेपी नेतृत्वको गठबन्धनलाई २१६ सीटमा अग्रता

मुम्बई– महाराष्ट्रमा नोभेम्बर २० मा सम्पन्न विधानसभा निर्वाचनको मतगणना जारी

प्रधानमन्त्री ओलीका पिताको स्वास्थ्यमा समस्या

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओली फोक्सोमा

गुल्मीबाट अख्तियारमा ६० उजुरी दर्ता

गुल्मी– अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयमा चालु आर्थिक वर्षको

कृषि आधुनिकीकरण परियोजनाको ‘धान जोन’ मा उत्पादन घट्यो

अत्तरिया – कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘धान जोन’

शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा

गण्डकी– शल्यचिकित्सक समाज नेपालको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा जारी छ