काराबाओ कप : चेल्सी फाइनलमा प्रवेश « Khabarhub

काराबाओ कप : चेल्सी फाइनलमा प्रवेश


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काराबाओ कप फुटबलमा मिडल्सब्रोलाई हराउँदै चेल्सी फाइनलमा प्रवेश गरेको छ ।

गएराति स्टामफोर्ड ब्रिजमा भएको सेमिफाइनलको लेग–२ मा मिडल्सब्रोलाई ६–१ गोलले हराउँदै समग्रमा ६–२ को अग्रतासहित चेल्सी फाइनलमा पुगेको हो । पहिलो लेगमा चेल्सी १–० गोलले पराजित भएको थियो।

चेल्सीका लागि कोल पालमरले दुई तथा इन्जो फर्नान्डेज, डिसासीनोनी मेड्युकेले एक–एक गोल गरेका थिए । एक गोल भने मिडल्सब्रोबाट आत्मघाती उपहारस्वरूप प्राप्त भएको थियो । खेलको १५औँ मिनेटमा मिडल्सब्रोका जनी हाउसनले आत्मघाती गोल गरेका थिए ।

मिडल्सब्रोका मोर्गन रोगरले खेलको ८८औँ मिनेटमा एक गोल फर्काएका थिए ।

चेल्सीले अब फाइनलमा लिभरपुल र फुलहम मध्ये विजेतासँग खेल्नेछ । यी दुई टोलीबीचको सेमिफाइनल आज राति हुनेछ ।

 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ९ : ३९ बजे

चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक

झापा– आगामी वैशाख ५ गतेदेखि हुने चन्द्रगढी महिला गोल्डकपको खेलतालिका

जिब्रो छेड्ने जात्रा : सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा