सलह नियन्त्रणका लागि गरिएको सहयोगका लागि भारतको प्रशंसा | Khabarhub Khabarhub

सलह नियन्त्रणका लागि गरिएको सहयोगका लागि भारतको प्रशंसा


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानलाई सलह नियन्त्रणको लागि ४० हजार लिटर मालाथिन सहयोग गरेकोमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले भारतलाई धन्यवाद दिएको छ ।

अफगानिस्तानमा सलहविरुद्धको सङ्घर्षमा आफुहरूसँग सहयोगी बनेको बताउँदै अफगानिस्तानमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संगठनले सामाजिक सञ्जाल एक्स मार्फत् भारतको प्रशंसा गरेको हो ।  

चालीस हजार लिटर मालाथिन कीटनाशक आपूर्ति गरि आधिकारिक रूपमा तालिबान नियन्त्रित अफगानिस्तान सरकारको कृषि, सिँचाइ र पशुधन मन्त्रालयलाई हस्तान्तरण गरिएको स्रोतले जनाएको छ ।

सुक्खा क्षेत्रहरूमा यसको प्रभावकारिता र न्यूनतम पानीको प्रयोगका लागि परिचित मालाथियनलाई सलह नियन्त्रणमा महत्वपूर्ण उपकरण मानिन्छ । यस सहायताले अफगानिस्तानमा तत्कालको खतरालाई सम्बोधन मात्र नगरी छिमेकी मध्य एसियाली देशहरूमा सलह फैलावट रोक्न पनि काम गर्नेछ ।

यसअघि तालिवान नियन्त्रित कृषि मन्त्रालयले पनि चाबहार बन्दरगाहमार्फत् गरिएको उक्त सहयोगका लागि कृतज्ञता व्यक्त गरेको थियो ।

उपलब्ध सहायताले अफगानिस्तानमा सलह रोक्नदेखि लिएर विशेष गरी ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानजस्ता मध्य एसियाली देशहरूबाट आएको सलहको समस्यालाई पनि रोकी यस क्षेत्रका बाली उत्पादनमा प्रभावकारी भूमिका खेल्नेछ । 

सलह वनस्पति-विनाश गर्ने क्षमताहरूका लागि परिचित मानिन्छन् । सलहको ठूलो मात्रामा उपस्थितिले सम्भावित रूपमा खाद्य सुरक्षालाई खतरामा पार्न सक्छ ।

सन् २०२० को सुरुमा छिमेकी पाकिस्तानमा सलहको अत्यधिक खतराको कारण देशले राष्ट्रिय आपतकाल घोषणा गरेको थियो ।

उक्त समयमा, भारतले पनि राजस्थान, गुजरात, पन्जाब, मध्य प्रदेश, उत्तर प्रदेश र महाराष्ट्रजस्ता धेरै राज्यहरूमा ठुलो मात्रामा सलहको आक्रमणको सामना गरेको थियो ।     

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  २ : ५० बजे

नर्वेलाई हराउँदै इटाली युरो कपको सेमिफाइनलमा

काठमाडौं – कप्तान क्रिस्टिला जिरेलीले ९० मिनेटमा गरेको निर्णायक गोलमा

सिरियाको रक्षा मन्त्रालयमा इजरायलको आक्रमणः युद्ध विरामको सुरुवात भएको अमेरिकी भनाइ

दमासकस – इजरायली सेनाले दमासकसस्थित सिरियाली रक्षा मन्त्रालयमा आक्रमण गरेको

आज साउने सङ्क्रान्ति : लुतो फाल्ने दिन

काठमाडौं – सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार १ गते बिहीबार। साउन