नेपालको चार विकेट गयो, कप्तान देव र उत्तम आउट « Khabarhub

नेपालको चार विकेट गयो, कप्तान देव र उत्तम आउट


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी यू–१९ विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेल पाकिस्तानसँग खेलेको नेपालले चौथो विकेट गुमाएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका कप्तान देव खनाल २३ रनमा र उत्तम मगर ४ रनमा आउट भएका हुन ।

देवले ओपनिङ ब्याटर विपिन रावलसँग तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे ।

यसअघि नेपालका ओपनिङ ब्याट्सम्यान अर्जुन कुमाल ६ रन बनाएर आउट हुँदा आकास त्रिपाठी पनि ६ रनमा नै आउट भएका थिए ।

दुवै ब्याटरलाई पाकिस्तानका अहमेद हुसेनले आउट गरे ।  अर्जुनले न्युजिल्यान्डविरुद्धको खेलमा ९० रन बनाएका थिए ।

आज नेपालको प्लेइङ ११ मा तीन परिवर्तन गरिएको छ । आजको खेलमा दुई दीपक बोहरा र तिलक भण्डारी छैनन् भने विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्ताले मौका पाएका छन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ३ : ३१ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ