रिसाएको बाहुनले राम्रोसँग पढ्दैन : सन्तोष पन्त | Khabarhub Khabarhub

रिसाएको बाहुनले राम्रोसँग पढ्दैन : सन्तोष पन्त


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


35.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदर्श मिश्रा उदाउँदै गरेका हास्यकालाकार हुन् । उनी बारा जितपुरका युवा हुन् । उनका स्वर्गीय बुबा नेपाली भए पनि आमा भारतीय मूलकी हुन् । जुन मधेसका लागि सामान्य कुरा हो ।

आदर्श स्ट्याण्ड अप कमेडी हुँदै कलाकारिता क्षेत्रमा आफूलाई प्रमाणित गर्दैछन् । उनी कमेडी च्याम्पियन पहिलो सिजनको उत्कृष्ट ६ प्रतिस्पर्धी पनि हुन् । आफ्ना कन्टेन्टसँगै उनले साम्प्रदायिक विभेदको आवाज पनि उठाउँदै आएका छन् ।

उनको दाबीअनुसार राजनीतिमा मात्रै होइन, कलाकारिता क्षेत्रमा पनि ‘टोपी र धोती’ को विषय हाबी छ । उनले मधेशी भएकै कारण आफूले विभेद भोगेको घटना पनि सार्वजनिक गरिरहेका हुन्छन् ।

कमेडी च्याम्पियनकै दौरान उनले निर्णायक सन्तोष पन्तबाट विभेद भोगेको कुरा एक पटक चर्चामा आएको थियो । उनले भनेका थिए– सन्तोष पन्तजस्तो ‘रेसिस्ट’ मान्छे मैले देखेको छैन । यसलाई पानीपुरी बेच्ने पात्र दिनुपर्ने किन लाहुरेको दिएको हो ।

आदर्शको दाबीअनुसार केमेडी च्याम्पियनमा नेपाल आर्मीको पात्र भूमिका निर्वाह गर्दा सन्तोष पन्तले ‘अफ रेकर्ड’ सो साप्रदायिक विभेद बोकेको शब्द प्रयोग गरेका हुन् । जुन कुराको सन्तोष पन्त अस्वीकार गर्दै स्पष्टीकरण दिएका छन् ।

बाहिर आवरणमा लगाएको आरोपको जड फरक भएको उनले आदर्शकै अगाडि स्पष्ट पारेका छन् । कमेडी च्याम्पियनको सिजन–३ को घोषणा गर्न दरबारमार्गका आयोजित कार्यक्रममा सन्तोषले प्रतियोगिताबाट बाहिरएको आवेगको सो आरोप लगाएको हुनसक्ने आशंका व्यक्त गरे ।

‘विवादको जड कुरा के हो त ?’ भन्ने खबरहबको प्रश्नमा सन्तोषको जवाफ थियो, ‘रिसाएका बेला बाहुनले राम्रोसँग पढ्दैन भनेकोजस्तै हो । प्रतियोगिताबाट बाहिरिएर उहाँलाई रिस उठेको होला । तर मैले भेदभाव कहिल्यै पनि गरेको छैन ।’

पन्तले थपे, ‘उहाँले नेपाली सेनाको पोसाक लगाएर लाहुरे हुँ भन्दै हुनुहुन्थ्यो । लाहुरे र नेपाली सेनाको फरक बुझ्न मैले सम्झाएको थिएँ । कमेडी गर्न बुझ्नुपर्छ, जे नि बोल्नुहुँदैन भनेको थिएँ, त्यसैको असर होला ।’

सो कार्यक्रममा आदर्श पनि उपस्थित थिए । यही प्रश्नपछि उनले प्रतियोगिता बारेमा प्रश्न राखे, तर सन्तोषको जवाफको कुनै प्रतिवाद गरेनन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ५ : ३३ बजे

‘माधव नेपालले आदेश दिनासाथ पार्टी किन छाड्ने ?’

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले

प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका

भारतद्वारा सिरियालाई मानवीय सहायता प्रदान

काठमाडौं– भारतले सिरियालाई मानवीय सहाता सामग्री प्रदान गरेको छ ।

कोही पनि माओवादी नेता दायाँबायाँ गरेर भाग्न पाउँदैनन् : वर्षमान पुन

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीभित्र उत्पन्न समस्या

करेन्ट लागेर एक बालकको मृत्यु

बैतडी– करेन्ट लागेर शनिबार एक बालकको मृत्यु भएको छ। मृत्यु