रिसाएको बाहुनले राम्रोसँग पढ्दैन : सन्तोष पन्त « Khabarhub

रिसाएको बाहुनले राम्रोसँग पढ्दैन : सन्तोष पन्त


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


35.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदर्श मिश्रा उदाउँदै गरेका हास्यकालाकार हुन् । उनी बारा जितपुरका युवा हुन् । उनका स्वर्गीय बुबा नेपाली भए पनि आमा भारतीय मूलकी हुन् । जुन मधेसका लागि सामान्य कुरा हो ।

आदर्श स्ट्याण्ड अप कमेडी हुँदै कलाकारिता क्षेत्रमा आफूलाई प्रमाणित गर्दैछन् । उनी कमेडी च्याम्पियन पहिलो सिजनको उत्कृष्ट ६ प्रतिस्पर्धी पनि हुन् । आफ्ना कन्टेन्टसँगै उनले साम्प्रदायिक विभेदको आवाज पनि उठाउँदै आएका छन् ।

उनको दाबीअनुसार राजनीतिमा मात्रै होइन, कलाकारिता क्षेत्रमा पनि ‘टोपी र धोती’ को विषय हाबी छ । उनले मधेशी भएकै कारण आफूले विभेद भोगेको घटना पनि सार्वजनिक गरिरहेका हुन्छन् ।

कमेडी च्याम्पियनकै दौरान उनले निर्णायक सन्तोष पन्तबाट विभेद भोगेको कुरा एक पटक चर्चामा आएको थियो । उनले भनेका थिए– सन्तोष पन्तजस्तो ‘रेसिस्ट’ मान्छे मैले देखेको छैन । यसलाई पानीपुरी बेच्ने पात्र दिनुपर्ने किन लाहुरेको दिएको हो ।

आदर्शको दाबीअनुसार केमेडी च्याम्पियनमा नेपाल आर्मीको पात्र भूमिका निर्वाह गर्दा सन्तोष पन्तले ‘अफ रेकर्ड’ सो साप्रदायिक विभेद बोकेको शब्द प्रयोग गरेका हुन् । जुन कुराको सन्तोष पन्त अस्वीकार गर्दै स्पष्टीकरण दिएका छन् ।

बाहिर आवरणमा लगाएको आरोपको जड फरक भएको उनले आदर्शकै अगाडि स्पष्ट पारेका छन् । कमेडी च्याम्पियनको सिजन–३ को घोषणा गर्न दरबारमार्गका आयोजित कार्यक्रममा सन्तोषले प्रतियोगिताबाट बाहिरएको आवेगको सो आरोप लगाएको हुनसक्ने आशंका व्यक्त गरे ।

‘विवादको जड कुरा के हो त ?’ भन्ने खबरहबको प्रश्नमा सन्तोषको जवाफ थियो, ‘रिसाएका बेला बाहुनले राम्रोसँग पढ्दैन भनेकोजस्तै हो । प्रतियोगिताबाट बाहिरिएर उहाँलाई रिस उठेको होला । तर मैले भेदभाव कहिल्यै पनि गरेको छैन ।’

पन्तले थपे, ‘उहाँले नेपाली सेनाको पोसाक लगाएर लाहुरे हुँ भन्दै हुनुहुन्थ्यो । लाहुरे र नेपाली सेनाको फरक बुझ्न मैले सम्झाएको थिएँ । कमेडी गर्न बुझ्नुपर्छ, जे नि बोल्नुहुँदैन भनेको थिएँ, त्यसैको असर होला ।’

सो कार्यक्रममा आदर्श पनि उपस्थित थिए । यही प्रश्नपछि उनले प्रतियोगिता बारेमा प्रश्न राखे, तर सन्तोषको जवाफको कुनै प्रतिवाद गरेनन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ५ : ३३ बजे

धर्मेन्द्रको राजीनामापछि जन्तर मन्तरमा उत्साह, कक्रोच नेताले के भने ?

नयाँ दिल्ली– भारतीय ​शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई लिएर कक्रोच

चुच्चे नक्सासहित नयाँ सिक्काको डिजाइन तयार

काठमाडौं– सरकारले एक रुपैयाँको नयाँ सिक्कामा नेपालको चुच्चे नक्सासहितको डिजाइन तयार

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा पत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं- भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले परीक्षामा देखिएको अनियमितता र

१७ वर्षपछि फेरि सिप्रिङमा पहिरो : एक जना बेपत्ता, १५ भन्दा बढी घर प्रभावित

दोलखा– दोलखाको गौरीशंकर गाउँपालिका–८ स्थित सिप्रिङ खोला जलविद्युत् आयोजनाको ड्यामस्थलमा

न्युजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड र पोर्चुगल