राज्यको स्रोत साधन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री  « Khabarhub

राज्यको स्रोत साधन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री 


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा प्रकाशशरण महतले राज्यको स्रोत साधनलाई बढीभन्दा बढी प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री महतले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा र शेयर बजारजस्ता अनुत्पादक क्षेत्रमा बढी कर्जा विस्तार हुँदा त्यसले समस्या सृजना गरेको भन्दै प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए । आवश्यकता अनुसार खर्च गर्न स्रोत साधन निकै कम रहेको अवस्थामा खर्चको प्राथमिकीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ । 

मन्त्री महतले आम नागरिकलाई हुने सेवा प्रवाह सरल र सहज बनाएर सार्वजनिक क्षेत्रप्रतिको बुझाइलाई सुधार गर्दै जानुपर्ने धारणा राखे । उनले मुलुकको आर्थिक अवस्था सुधार हुँदै गएको भन्दै अव निराश हुनुपर्ने अवस्था नदेखिएको बताए ।

त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गएको र बैंक तथा वित्तीय संस्थामा पनि कर्जा असुलीमा केही समस्या बाहेक अरु ठूला कुनै समस्या नरहेको बताए । उनले बैंक वित्तीय क्षेत्रको वित्तीय स्वास्थ्यमा समस्या आउन नदिन राष्ट्र बैंकले विभिन्न किसिमका प्रोभिजनिङ को व्यवस्था ल्याउँदा उनीहरूको नाफा केही घटेको देखिएपनि समग्रमा यसले सकारात्मक प्रभाव नै देखाएको जिकिर गर । 

२०८० असार मसान्तसम्ममा बैंकको अधिकृत शेयर पुँजी रु ३० अर्ब, जारी र चुक्ता शेयर पुँजी रु १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको छ । गत पुस मसान्तसम्ममा बैङ्कमा सर्वसाधारण र संस्थागत गरी ४१ लाख ४० हजारभन्दा बढी निक्षेपकर्ताको रु तीन खर्ब ३८ अर्ब ४४ करोड निक्षेप रहेको बैंकले जनाएको छ । 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ५ : ४८ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई