जमानतका लागि इमरान खानले उच्च अदालतमा दिए निवेदन « Khabarhub

जमानतका लागि इमरान खानले उच्च अदालतमा दिए निवेदन


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले तोशाखाना र अल कादिर ट्रस्ट प्रकरणमा जमानतका लागि इस्लामाबाद उच्च अदालतमा निवेदन दिएका छन् । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक नेता समेत रहेका खानले आफ्ना वकिलमार्फत जवाफदेहीताबारे अदालतको फैसलाविरुद्ध दुई छुट्टाछुट्टै निवेदन दायर गरेका छन् ।

निवेदनमा खानले इस्लामाबाद उच्च न्यायालयमा जवाफदेहीतासम्बन्धी तल्लो अदालतको निर्णयलाई खारेज गर्न र आफूलाई जमानत दिन अनुरोध गरेका छन् । एआरवाई न्यूजका अनुसार दुवै मुद्दामा पीटीआईका संस्थापक खानले आफूमाथि लागेका अभियोग राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको दावी गर्दै आफूलाई गिरफ्तारी नगरी जमानतमा छोड्न गरेको याचिकापछि अदालतले जमानत अस्वीकार गरेको थियो ।

नेता खानले आफूमाथि लगाइएका मुद्दा ‘राजनीतिक उत्पीडन’ र ‘दुर्भावनापूर्ण मनसाय’मा आधारित रहेको बताएका छन् । यसअघि जनवरी ९ मा इस्लामावादस्थित एक अदालतले खानको तोशाखाना र १९ करोड पाउन्डको अल–कादिर ट्रस्ट मुद्दामा उनको जमानत आवेदन खारेज गरेको थियो । तोशाखाना र १९ करोड पाउन्ड घोटाला प्रकरणको सुनुवाइ गर्दै न्यायाधीश मोहम्मद बशीरले अपदस्थ प्रधानमन्त्रीले दायर गरेको याचिकामा फैसला सुनाएको एआरवाई न्यूजले जनाएको छ ।

पाकिस्तानको लाहोर उच्च अदालतले मे ९ मा भएको प्रदर्शनसँग सम्बन्धित सात वटा मुद्दामा पूर्वप्रधानमन्त्री खानलाई जमानत दिइएको पाकिस्तानस्थित जियो न्यूजले जनाएको छ । सन् २०२३ को मे ९ मा इमरान खानलाई पक्राउ गरेपछि पाकिस्तानभर विरोध प्रदर्शन भएको थियो ।

खानको गिरफ्तारीपछि पीटीआईका कार्यकर्ताहरू आक्रोशित भई देशका प्रमुख शहर तथा दुर्गम ग्रामिण भेकमाहरूमा विरोध प्रदर्शन गरिएको थियो । लाहोरस्थित सैन्य कमान्डरको घरलगायत सेनाका प्रतिष्ठानमा पनि पीटीआईका कार्यकर्ताले गरेको प्रदर्शनका क्रममा आक्रमण भएको थियो ।

इमरान खान र पीटीआईका शीर्ष नेताहरूले फेब्रुअरी ८ मा हुने चुनाव नजिकिँदै गर्दा पनि विभिन्न मुद्दाहरूको सामना गरिरहेका छन् । पीटीआईले आफ्नो चुनाव चिन्ह ‘ब्याट’ र अन्तरपार्टी निर्वाचनको वैधानिकता फिर्ता पाउन दिएको निवेदनको विपक्षमा अदालतले फैसला गरेको थियो ।

जिओ न्यूजका अनुसार पीटीआईले कठिन चुनौतीको सामना गरिरहेका बेला यसका प्रमुख प्रतिद्वन्द्वी पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) र पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले देशभर अभियान सुरु गरिसकेका छन् र राष्ट्रिय र प्रान्तीय निर्वाचन क्षेत्रका लागि टिकट वितरण गरिसकेका छन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ६ : ०९ बजे

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

काठमाडौं– प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले

प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

काठमाडौं- नेकपासँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिका बावजुद नेकपा एमालेभित्र