आजपाद्वारा बिहीबार एकदिने मधेश बन्दको आह्वान, बुधबार मसाल जुलुस प्रर्दशन « Khabarhub

आजपाद्वारा बिहीबार एकदिने मधेश बन्दको आह्वान, बुधबार मसाल जुलुस प्रर्दशन


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- प्रभु साह नेतृत्वको आम जनता पार्टीले बिहीबारका लागि एक दिने मधेश बन्दको आह्वान गरेको छ । बिहीबार आह्वान गरिएको बन्द सफल पार्न आजपाले बुधबार बेलुका प्रदेशभर मसाल जुलुस प्रर्दशन गरेको छ ।

भोलि हुने भनिएको बन्द सफल पार्न मधेश प्रदेशको राजधानी जनकपुरसँगै सबै जिल्लाको सदरमुकाम लगायतको स्थानमा आजपा कार्यकर्ताहरूले बुधबार साँझ मसाल जुलुस प्रर्दशन गरेका हुन् ।

आम जनता पार्टी निकट आईटीआर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा बुधबार जानकी मन्दिरमा सरसफाई गरिएको थियो । जनकपुरको दुई स्थानमा बुधबार साँझ मसाल जुलुस प्रर्दशन गरिएको अध्यक्ष साहले बताएका छन् ।

त्यसैगरी, रौतहटको सदरमुकाम गौर , चन्द्रनिगाहपुर र गरुडामा मसाल जुलुस प्रर्दशन गरिएको छ ।

आम जनता पार्टीका जिल्ला इन्चार्ज त्रिभुवन साह, जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, पूर्व मेयर सियाराम कुशवाहा, पलत चौधरी, लालबाबु मन्सुरी, सुरेश चौधरी, अशोक चौधरी लगायत दर्जनौंको सङ्ख्यामा रहेका कार्यकर्ताहरूले चन्द्रनिगाहपुरमा मसाल जुलुस प्रर्दशन गरेका छन् ।

बैंकहरूले लिने गरेका मनोमानी ब्याज फिर्ता गराउन, लघुबित र सहकारीहरुको सम्पुर्ण ऋण मिनाहा गराउन तथा आम जनतालाई सहज कर्जा दिलाउन माग गर्दै पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीले भोलि माघ माग ११ गते मधेश बन्दको आह्वान गरेको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ८ : ११ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र