मङ्गोलियामा ग्यास विस्फोट हुँदा छ जनाको मृत्यु, १४ घाइते « Khabarhub

मङ्गोलियामा ग्यास विस्फोट हुँदा छ जनाको मृत्यु, १४ घाइते


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

उलान बटार- मङ्गोलियाको राजधानीमा बुधबार भएको ग्यास विस्फोटमा छ जनाको मृत्यु हुनाका साथै १४ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

मङ्गोलियन राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा) ले आफ्नो वेबसाइट मार्फत, ६० टन तरल प्राकृतिक ग्यास (एलएनजी) बोकेको ट्रक कारसँग ठोक्किदा विस्फोट भएको जनाएको छ । प्रारम्भिक विवरणअनुसार आगलागीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । नेमाले आफ्नो वेबसाइटमा तीन जना अग्नि नियन्त्रकको समेत मृत्यु भएको तथा १४ जनालाई उपचारका लागि पठाइएको जनाएको छ ।

आपतकालीन व्यवस्थापन निकायका अनुसार घाइतेमध्ये १० जनालाई जलेको अवस्थामा उपचारका लागि लगिएको थियो भने एक बालकलाई विषाक्तताको उपचारका लागि लगिएको हो ।

यसैगरी अन्य तीन शिशुको उपचार सहितको हेरचाह भइरहेको छ । घटना स्थलमा उद्धार टोली पठाई आगो निभाएको आपतकालीन व्यवस्थापन निकायले जनाएको छ ।

आपतकालीन सेवाद्वारा सार्वजनिक गरिएका तस्बिरहरूमाले आगलागी भएको स्थानमा दुईवटा गाडी जलेर सडकमा व्यापक क्षति भएको र नजिकैको स्कुलको झ्याल समेत फुटेको देखाइएको छ । नजिकैको अपार्टमेन्ट ब्लकका बासिन्दाहरूलाई अस्थायी रूपमा स्थानान्तरण गरिएको नेमाले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ८ : ४४ बजे

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन