यू १९ विश्वकपमा पाकिस्तानसँग नेपाल ५ विकेटले पराजित « Khabarhub

यू १९ विश्वकपमा पाकिस्तानसँग नेपाल ५ विकेटले पराजित


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी यू १९ विश्वकप प्रतियोगितामा पाकिस्तानसँग नेपाल ५ विकेटले पराजित भएको छ । दक्षिण अफ्रिकाको इस्ट लण्डनमा भएको खेलमा नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पाकिस्तानले ४७ ओभर ४ बलमा ५ विकेट गुमाउँदै भट्टायो ।

पाकिस्तानका लागि अजान अवैसले सर्वाधिक ६३ रन बनाए । ८२ बलको सामना गरेका उनले ६ चौका प्रहार गरे । त्यस्तै, पाकिस्तानी ओपनरद्वय श्यामल हुसेन र शाहजिब खानले समान ३७ रन बनाए । नेपालका लागि आकाश चन्दले तीन विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । नेपालका लागि विपिन रावलले ६८ बलमा ३९ रन बनाए भने दिपक डुम्रेले ५८ बलमा २६ रन बनाए । त्यसैगरी, कप्तान देव खनालले ३७ बलमा २३ रन जोड्दा सुवास भण्डारीले २४ बलमा २० रन बनाए ।

पाकिस्तानका अराफात मिन्हासले तीन तथा उबैद शाह र अहमद हुसेनले समान दुई विकेट लिए । यसअघि आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो । नेपालले अर्को खेल अफगानिस्तानसँग शुक्रबार खेल्नेछ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ९ : ३० बजे

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म