चलचित्र निर्माणका विशेष पात्र निर्देशक प्रकाश थापा | Khabarhub Khabarhub

चलचित्र निर्माणका विशेष पात्र निर्देशक प्रकाश थापा


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

नेपाली सिनेमा निर्माणको क्रममा महत्त्वपूर्ण पात्रको खोजी गर्दा फिल्म निर्देशक प्रकाश थापा छुटाउनै नहुने नाम हो। थापा नेपाली चलचित्रमा एक भव्य व्यक्तित्व भएका निर्देशक थिए। उनले बनाएको चलचित्र व्यवसायी सार्थक र स्वउद्देश्यमुलक हुन्थे। मूल त बलिउडमा अभिनेताका रूपमा संघर्ष गरिरहेका थापालाई पहिलो पटक शाही नेपाल चलचित्र संस्थानबाट बन्न लागेको फिल्मका निम्ति नेपाल बोलाइयो।

प्रकाश थापाले आफ्नो पहिलो चलचित्र ‘मनको बाँध’बनाए। यो फिल्ममा उनले शैलेन केसी, सुष्मा शाही, मिना सिंह, जगन्नाथ तिमल्सिनालगायत धेरै कलाकारसँग काम गरे।

थापाको गुन र गरिमालाई सम्झिदा उनले नेपाली फिल्ममा प्रवेश गरिसकेपछि फिल्ममा महत्त्वपूर्ण तीन कुरालाई खुब ध्यान दिएको देखिन्छ। स्क्रिप्ट, संगीत र छायांकनमा उनको जोड हुन्थ्यो। चलचिचत्रका लागि यी तीन कुरालाई उनले नेपाली फिल्मको व्याकरणीय अर्थमा सफल बनाएका थिए।

थापाको गुन र गरिमालाई सम्झिदा उनले नेपाली फिल्ममा प्रवेश गरिसकेपछि फिल्ममा महत्त्वपूर्ण तीन कुरालाई खुब ध्यान दिएको देखिन्छ। स्क्रिप्ट, संगीत र छायांकनमा उनको जोड हुन्थ्यो।

मनको बाँधमा उनले सिनेम्याट्रोग्राफरका रूपमा फिल्म एण्ड टेलिभिजन इन्स्चुट अफ इन्डियाबाट सिनेम्याट्रोग्राफर पढेर आएका बैकुण्ठमान मास्केलाई चयन गरेका थिए। संगीतकारका रूपमा नेपालका प्रसिद्ध सङ्गीतकारद्वय नातिकाजी श्रेष्ठ र शिवशङ्कर मानन्धरलाई चयन गरे।

ब्ल्याक एण्ड ह्वाइटमा फिल्म बने पनि बैकुण्ठमान मास्केले आफ्नो प्रबल छाप छोडेका थिए। प्रकाश थापाले फिल्मको स्क्रिप्टमा ध्यान दिएका छन्।। थापाले फिल्म बनाउन थालेपछि स्क्रिप्ट सुपरभिजनका लागि बम्बईका एक जना संघर्षरत निर्देशक देबु सेनलाई पटकथा लेख्न लगाएका थिए।

हिन्दीमा देबु सेनले लेखेको पटकथालाई नेपालीमा अनुवाद गरेर सुटिङ गर्नेक्रम प्रकाश थापाले सुरु गरेका हुन्। देबु सेन बलिउडका प्रसिद्ध फिल्म निर्देशक विमल रोयका तीन सहायक निर्देशक मध्य वासु भट्टाचार्य गुलजार मध्ये देबु सेन दोस्रो श्रेणीमा थिए। निर्देशनमा सहायक रूपमा कामगरी रहेका देबु सेनलाई फिल्म स्क्रिप्ट राइटिङको सेसन धेरै थियो। उनले त्यसको प्रयोग नेपाली फिल्ममा गरे। प्रकाश थापाको फिल्म मनको बाध यस अर्थमा एउटा परिवर्तनको संघार बनेको फिल्म मान्न सकिन्छ।

यो फिल्ममा फिल्म एण्ड टेलिभिजन इन्स्टिच्यूट अफ इन्डियाबाट अभिनयमा डिप्लोमा गरेर अर्का गोल्डमेडलिष्ट जगन्नाथ तिमल्सिनाले खलनायकको रूपमा अभिनय गरेका थिए। यो फिल्म प्रकाश थापालाई गाह्रो कठिन तर समाल्न सकिने कार्य थियो।

हिन्दीमा देबु सेनले लेखेको पटकथालाई नेपालीमा अनुवाद गरेर सुटिङ गर्नेक्रम प्रकाश थापाले सुरु गरेका हुन्। देबु सेन बलिउडका प्रसिद्ध फिल्म निर्देशक विमल रोयका तीन सहायक निर्देशक मध्य वासु भट्टाचार्य गुलजार मध्ये देबु सेन दोस्रो श्रेणीमा थिए।

यसमा उनी भन्दा अनुभवी क्यामेराम्यान थिए। अभिनयमा अनुभवप्राप्त प्रशिक्षित जगन्नाथ तिमल्सिना पनि थिए। सबै कारणले प्रकाश थापालाई ‘मनको बाँध’ बनाउँदा फरक स्थिति थियो। तर उनले त्यो फिल्मलाई पुरा गरेर आफ्नो सफलताको पहिचान देखाए।

यो फिल्मपछि थापालाई शाही नेपाल चलचित्र संस्थानको तेस्रो चलचित्र ‘सिन्दुर’का निम्ति अनुबन्धित गरियो। यो फिल्म बन्दै गर्दा शाही नेपाल चलचित्र संस्थाको महाप्रबन्धक रूपमा उत्तमलाल श्रेष्ठ थिए। जसले गर्दा प्रकाश थापालाई फिल्म बनाउने वातावरण सहज भयो। ‘सिन्दुर’ नेपालमा बनेको दोस्रो रंगिन फिल्म मानिन्छ। पहिलो रंगिन फिल्म ‘कुमारी’ थियो। ‘सिन्दुर’मा प्रकाश थापाले त्यही कुरालाई महत्त्व दिए। क्यामेरा उनले पहिलो पटक बैकुण्डमान मास्केका सहायकका रुपमा कार्यरत मञ्जुकुमार श्रेष्ठ र मुरारी ठाकुरलाई बागडोर सम्हाल्न दिएका थिए।

मञ्जुकुमार र मुरारीले सिन्दुरमा चार चाँद लगाए। पाल्पाको श्रीनगर, पोखरा, जवलाखेल, दरबारमार्ग भव्य रुपमा यो फिल्ममा देखाइएको छ। यो फिल्मको सुटिङ गरेको जवलाखेलको चिडियाघर अगाडिको घरमा इनडोर लोकेसन र आउटडोर लोकेसनमा छायांकन गरिएको दृश्य छन्। मञ्जुकुमार र मुरारीको काम अब्बल देखिन्छ। यो फिल्ममा पहिलो पटक नेपालका प्रसिद्ध संगीतकार नातिकाजी श्रेष्ठ र दार्जिलिङबाट नेपाल आएर बसेका संगीतकार गोपाल योञ्जनलाई संयुक्त संगीतकारका रुपमा अनुबन्ध गरिएको थियो।

तारादेवीको एकल गीत ‘मलाई हाँसी देउ नभन’ले धेरै वर्षसम्म एउटा छाप छोडेको थियो। प्रकाश थापा सिन्दुरमा सफल मात्र होइन, महासफल भए। यो फिल्म काठमाडौंको सिनेमा हलमा ५२ हप्ता चल्यो। अहिलेसम्म यो फिल्मको रेकर्ड कसैले तोड्न सकेका छैनन्।

यसमा किरण खरेल र लक्ष्मण लोहनीका गीत समेटिएका छन्। यो फिल्ममा नारायण गोपाल, तारा देवी, उदित नारायण झा र सुष्मा श्रेष्ठले पनि गीत गाएका छन्। गीतहरु फरक फरक स्थानमा छायांकन गरिएको थियो। गीतहरुलाई नृत्य निर्देशक बसन्त श्रेष्ठले अत्यन्त राम्रोसँग प्रस्तुत गरेका छन्। सिन्दुरका केही गीतमध्ये ‘वनमा फुल्यो फूले फूल’, ‘लुकौंलुकौं लाग्यो मलाई’, ‘को कसको हो’ अनि सुष्मा श्रेष्ठले गाएको ‘अलिअलि हार हो’ लगायतका गीत यादगार बनेँ।

तारादेवीको एकल गीत ‘मलाई हाँसी देउ नभन’ले धेरै वर्षसम्म एउटा छाप छोडेको थियो। प्रकाश थापा सिन्दुरमा सफल मात्र होइन, महासफल भए। यो फिल्म काठमाडौंको सिनेमा हलमा ५२ हप्ता चल्यो। अहिलेसम्म यो फिल्मको रेकर्ड कसैले तोड्न सकेका छैनन्।

यो फिल्मका एक–एक दृश्य यादगार छन्। विश्व बस्नेत, मिनाक्षी आनन्द, निर शाह, हरिहर शर्मा, शान्ति मास्के, सुवर्ण पोखरेलदेखि लिएर प्रकाश थापा स्वयंले पनि अभिनय गरेका छन्। सिन्दुर फिल्ममा सानो डाइभरको भूमिका खेल्ने इन्द्र लामासमेतलाई मान्छेले कयौं वर्ष सम्झिरहे। सिन्दुरको सफलताको अर्को हकदार हुन्, फिल्मका संवाद लेखक चेतन कार्की। चेतन कार्कीले परिवर्तन फिल्मपछि दोस्रो पटक सिन्दुरमा संवाद लेखेका हुन्। सिन्दुरका एक–एक संवाद यादगार भए। विशेषत निर शाह, शान्ति मास्के र हरिहर शर्माको संवाद महत्त्वपूर्ण मानिन्छ।

चलचित्रमा पहिलो पटक अभिनय गरेका हरिहर शर्माले सुब्बासावको भूमिकामा यादगार छाप छोडे। हरिहर शर्मालाई यो फिल्मपछि हामीले नायकका रुपमा पनि देख्यौं। तर सिन्दुरमा उनले गरेको खलनायकको भूमिका यादगार रह्यो। सिन्दुर फिल्म पछि प्रकाश थापालाई शाही नेपाल चलचित्र संस्थानले अर्को फिल्म ‘जीवन रेखा’को निम्ती चयन गरेको थियो।

नेपाली चलचित्र क्षेत्रमा अत्यन्त योगदान पुर्याउने प्रकाश थापाको ‘जीवन रेखा’पछि ‘सन्तान’, ‘कन्यादान’ जस्ता फिल्म बने। प्रकाश थापालाई धेरै राम्रा फिल्मका कारण सधैँ सम्झना गरिन्छ।

‘जीवन रेखा’ प्रकाश थापाले केशवराज पिँडालीको उपन्यासलाई कथावस्तु बनाएर चेतन कार्कीको सहयोगमा र देवु सेनको पटकथामा सर्वेक्षणमा फेरि नयाँ शैलीमा प्रस्तुत गरे। जीवन रेखामा उनले पहिलो पटक नयाँ नायक शिव श्रेष्ठलाई फिल्ममा मौका दिए। एउटा नाटक खेलेको अनुभव बटुलेका शिव श्रेष्ठ मूलत एउटा सांगीतिक टोलीमा बेन्जो बजाउँथे। बेन्जो बाजा बजाउने शिव श्रेष्ठलाई चलचित्रमा नायकका रुपमा आउने प्रेरणा विराटनगरका उनका अघिल्ला अभिनेता विश्व बस्नेतले दिएका हुन्।

‘जीवन रेखा’ पहिलो एक्सन भएको फिल्म हो। यसमा गोपाल भुटानीले अत्यन्त मिहिनेतका साथ एक्सन सिक्वेन्स बनाए। नेपाली चलचित्र क्षेत्रमा अत्यन्त योगदान पुर्याउने प्रकाश थापाको ‘जीवन रेखा’पछि ‘सन्तान’, ‘कन्यादान’ जस्ता फिल्म बने। प्रकाश थापालाई धेरै राम्रा फिल्मका कारण सधैँ सम्झना गरिन्छ। नेपाली चलत्रिका विशेष व्यक्तित्व थापाप्रति हार्दिक श्रद्धाञ्जली।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ८ : १५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको