गण्डकीका सभामुखसहितको टोली जनकपुरधाममा | Khabarhub Khabarhub

गण्डकीका सभामुखसहितको टोली जनकपुरधाममा


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेशसभामा हुने संसदीय अभ्यास, व्यवस्थापन र अनुभव आदानप्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल नेतृत्वको टोली जनकपुरधामको भ्रमणमा आएको छ ।

आ–आफ्नो प्रदेशले गरिरहेका संसदीय असल अभ्यास र व्यवस्थापनका बारेमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले सभामुख धिताल नेतृत्वको १६ सदस्यीय टोली शुक्रबार जनकपुरधामको भ्रमणमा आएको हो ।

मधेस प्रदेशसभा सचिवालयका सचिव मनोजकुमार गिरीका अनुसार उक्त टोलीलाई मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, उपसभामुख बबिताकुमारी राउत ईशरलगायतले स्वागत गरेका थिए ।

टोलीमा गण्डकी प्रदेशका उपसभामुख विनाकुमारी थापासमेत रहेकी छिन् । उनीहरूबीच आ–आफ्नो प्रदेशले गरिरहेका अभ्यासबारे जानकारी आदनप्रदान भएको थियो ।

त्यसअवसरमा मधेस प्रदेशका सभामुख मण्डलले प्रदेशसभाको संसदीय अभ्यासलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सातै प्रदेशसभाबीच समन्वय तथा सहकार्य जरुरी रहेको धारणा राखे ।

उनले प्रदेशसभा तथा सङ्घीय संसदले संविधानले परिकल्पना गरेअनुरूप सहकारिता, समन्वय र सहअस्थित्वको भावनासहित एकअर्कालाई सहगोग गर्नुपर्ने आवश्यकतासमेत औँल्याए ।

‘लामो आन्दोलन र सङ्घर्षको बलमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हरेक क्षेत्र र व्यक्तिलाई आफ्नो अस्तित्व तथा पहिचानका लागि छुट्टाछुट्टै रुपमा सोच्नुपर्ने अवस्था बनाए पनि एकअर्काको मर्म बुझ्न नसकेमा समस्या उत्पन्न हुन्छ । त्यसैकारण जनताको सुख र समृद्धिको लक्ष्यप्राप्त गर्न सबै प्रदेश र सबै तहका सरकार मिलेर जानुको विकप छैन । यस्ता भ्रमणले सो भावनामा बल पु¥याउने काम गर्छन्’, सभामुख मण्डलले भने ।

त्यस्तै, गण्डकी प्रदेशका सभामुख धितालले नेपालका लागि प्रदेशसभा र प्रदेशगत संसदीय अभ्यास नयाँ भएकाले आ–आफ्ना प्रदेशमा हुने असल अभ्यासबारे सिक्ने र सिकाउने उद्देश्यसहित आफूले अन्तरप्रदेशसभा संसदीय भ्रमणलाई अभियानका रूपमा लिएको बताए ।

प्रदेशसभालाई व्यवस्थित, परिणाममुखी र प्रभावकारी बनाउन अन्तरप्रदेश अनुभवले महत्वपूर्ण सिकाइको काम गर्ने उनको भनाइ थियो । उनले मधेस प्रदेशका सभामुखलगायतको टोलीलाई गण्डकी प्रदेशसभा भ्रमणका लागि निम्तासमेत दिए ।

त्यस्तै, मधेस प्रदेशका उपसभामुख इशर र गण्डकी प्रदेशका उपसभामुख थापाले एकअर्को प्रदेशका संसदीय सभ्यासबाट सिक्नका लागि अन्तरप्रदेश भ्रमणको आवश्यकता औँल्याएका थिए ।

सो अवसरमा गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेल, कम्प्युटर अधिकृत चन्द्रकला बस्नेत र मधेस प्रदेशसभा सचिवालयका तर्फबाट प्रवक्ता एवं उपसचिव (कानुन) अरुणकुमार झाले आ–आफ्नो प्रदेशका गतिविधिबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ८ : ५७ बजे

सिङ्गापुरको मुद्रास्फीति घट्दै, पहिलो छ महिनामा ०.९ प्रतिशतमा सीमित

सिंगापुर – सिंगापुरको तथ्यांक विभागका अनुसार, सिङ्गापुरको उपभोक्ता मूल्य सूचकांक

अभिनेत्री मनिषा कोइरालालाई बेलायतमा सम्मान

बेलायत – अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस

पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले)का स्थायी कमिटी सदस्य

आजका समाचार : एमालेले रोक्दैमा विद्या भण्डारी नरोकिने, जनार्दनले सिँगौरी खेलेको प्रचण्डको आरोप र जापान-अमेरिका व्यापारिक सम्झौता

ओलीलाई च्यासलमा स्टालिनसँग तुलना !नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र

नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्बभन्दा बढी बजेट

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चालु आर्थिक वर्ष