गण्डकीका सभामुखसहितको टोली जनकपुरधाममा « Khabarhub

गण्डकीका सभामुखसहितको टोली जनकपुरधाममा


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेशसभामा हुने संसदीय अभ्यास, व्यवस्थापन र अनुभव आदानप्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल नेतृत्वको टोली जनकपुरधामको भ्रमणमा आएको छ ।

आ–आफ्नो प्रदेशले गरिरहेका संसदीय असल अभ्यास र व्यवस्थापनका बारेमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले सभामुख धिताल नेतृत्वको १६ सदस्यीय टोली शुक्रबार जनकपुरधामको भ्रमणमा आएको हो ।

मधेस प्रदेशसभा सचिवालयका सचिव मनोजकुमार गिरीका अनुसार उक्त टोलीलाई मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, उपसभामुख बबिताकुमारी राउत ईशरलगायतले स्वागत गरेका थिए ।

टोलीमा गण्डकी प्रदेशका उपसभामुख विनाकुमारी थापासमेत रहेकी छिन् । उनीहरूबीच आ–आफ्नो प्रदेशले गरिरहेका अभ्यासबारे जानकारी आदनप्रदान भएको थियो ।

त्यसअवसरमा मधेस प्रदेशका सभामुख मण्डलले प्रदेशसभाको संसदीय अभ्यासलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सातै प्रदेशसभाबीच समन्वय तथा सहकार्य जरुरी रहेको धारणा राखे ।

उनले प्रदेशसभा तथा सङ्घीय संसदले संविधानले परिकल्पना गरेअनुरूप सहकारिता, समन्वय र सहअस्थित्वको भावनासहित एकअर्कालाई सहगोग गर्नुपर्ने आवश्यकतासमेत औँल्याए ।

‘लामो आन्दोलन र सङ्घर्षको बलमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हरेक क्षेत्र र व्यक्तिलाई आफ्नो अस्तित्व तथा पहिचानका लागि छुट्टाछुट्टै रुपमा सोच्नुपर्ने अवस्था बनाए पनि एकअर्काको मर्म बुझ्न नसकेमा समस्या उत्पन्न हुन्छ । त्यसैकारण जनताको सुख र समृद्धिको लक्ष्यप्राप्त गर्न सबै प्रदेश र सबै तहका सरकार मिलेर जानुको विकप छैन । यस्ता भ्रमणले सो भावनामा बल पु¥याउने काम गर्छन्’, सभामुख मण्डलले भने ।

त्यस्तै, गण्डकी प्रदेशका सभामुख धितालले नेपालका लागि प्रदेशसभा र प्रदेशगत संसदीय अभ्यास नयाँ भएकाले आ–आफ्ना प्रदेशमा हुने असल अभ्यासबारे सिक्ने र सिकाउने उद्देश्यसहित आफूले अन्तरप्रदेशसभा संसदीय भ्रमणलाई अभियानका रूपमा लिएको बताए ।

प्रदेशसभालाई व्यवस्थित, परिणाममुखी र प्रभावकारी बनाउन अन्तरप्रदेश अनुभवले महत्वपूर्ण सिकाइको काम गर्ने उनको भनाइ थियो । उनले मधेस प्रदेशका सभामुखलगायतको टोलीलाई गण्डकी प्रदेशसभा भ्रमणका लागि निम्तासमेत दिए ।

त्यस्तै, मधेस प्रदेशका उपसभामुख इशर र गण्डकी प्रदेशका उपसभामुख थापाले एकअर्को प्रदेशका संसदीय सभ्यासबाट सिक्नका लागि अन्तरप्रदेश भ्रमणको आवश्यकता औँल्याएका थिए ।

सो अवसरमा गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेल, कम्प्युटर अधिकृत चन्द्रकला बस्नेत र मधेस प्रदेशसभा सचिवालयका तर्फबाट प्रवक्ता एवं उपसचिव (कानुन) अरुणकुमार झाले आ–आफ्नो प्रदेशका गतिविधिबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ८ : ५७ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ