‘मिथ्या सूचनाबाट राजनीतिक उपलब्धीमाथि प्रहार’ « Khabarhub

‘मिथ्या सूचनाबाट राजनीतिक उपलब्धीमाथि प्रहार’


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समयमा मिथ्या सूचनाबाट प्राप्त राजनीतिक उपलब्धीमाथि लगातार प्रहार हुन थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ।

सेन्टर फर मिडिया रिसर्च नेपालले आज आयोजना गरेको ‘नेपालमा सूचनाको चलखेल र लोकतन्त्र’ विषयक कार्यक्रममा सरोकारवालाले पछिल्ला समय गलत सूचनाका आधारमा सामाजिक सञ्जालमा गलत भाष्य स्थापित गर्न खोजिएको बताएका छन् । 

कार्यक्रममा ‘सूचना चलखेल नियन्त्रणमा राजनीतिक दलहरूको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले गलत सूचनाका माध्यमबाट लोकतन्त्र र लोकतान्त्रिक नेतृत्वविरुद्ध निरन्तर प्रहार हुन थालेको बताए। 

सूचनामा चलखेल नियन्त्रण गर्न राजनीतिक दलको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले दलका कार्यकर्ता तथा शुभेच्छुकको ‘डिजिटल’ ज्ञान बढाउने तथा सामाजिक सञ्जाल सञ्चालनको आचारसंहिता जारी गरी सोहीअनुसार प्रयोग गर्न कार्यकर्ता र समर्थकलाई आग्रह गर्नुपर्ने बताए। 

लोकतन्त्रले परिणाम दिन सक्दैन भन्ने भाष्य स्थापित गरेर दलहरुलगायत लोकतन्त्रका प्रमुख आधारस्तम्भ कमजोर भएका अवस्था र आमनागरिकमा व्याप्त निराशाको मौकामा केही तत्त्वले यिनै पक्षलाई उचालेर लोकतन्त्रमाथि प्रहार गर्न सक्नेतर्फ पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले सचेत गराए। 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमा आएका मिथ्या सूचनामा भर पर्न नहुनेमा जोड दिँदै मिथ्या सूचनाको संवेदनशीलताका बारेमा विद्यालय तहबाटै सचेत बनाउनुपर्ने बताए। 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालले लोकतन्त्रको विकासमा सहयोग गर्नुपर्छ भन्दै यसमा सरोकारवालाबीच घनिष्ठ सहकार्यको आवश्यकता औँल्याए । ‘गलत सूचनाले विभिन्न समस्या सृजना गरेका छन्, सामाजिक सञ्जालले ल्याएका चुनौती समाना गर्न सबै तयार हुनुपर्छ’, उनले भने। 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले गलत सूचनाको चलखेल रोक्न राजनीतिक दल, सञ्चारमाध्यम र सामाजिक अभियान्ताको महत्वपूर्ण भूमिका रहेको बताए । 

कार्यक्रममा विभिन्न राजनीतिक पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भ्रमपूर्ण सूचनाले सिङ्गो समाजलाई नै प्रभावित तुल्याएको उल्लेख गर्दै यसविरुद्ध एक भएर प्रस्तुत हुनुपर्नेमा जोड दिएका थिए  ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ३ : १८ बजे

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा अस्थायी छुट

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ