निष्ठा र समर्पण भावका साथ काम गर्न निर्देशन « Khabarhub

निष्ठा र समर्पण भावका साथ काम गर्न निर्देशन


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधान सेनापति प्रभुराम शर्माले युवा वर्ग नै राष्ट्रको भविष्य भएको र राष्ट्रप्रतिको उनीहरूको माया, समर्पणभाव र निष्ठाले नै हाम्रो राष्ट्र, राष्ट्रियता, भाषा, संस्कृतिलगायत सबै पक्ष बलियो हुने बताएका छन् । 

राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय, नवलपरासीमा आज आयोजित सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा प्रधान सेनापतिले राष्ट्र, राष्ट्रियता र भाषाको संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिए । 

प्रधान सेनापतिले राष्ट्रिय सेवा दलका क्याडेटहरूले आफ्नो तालिमको दौरान हासिल गरेका सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, राष्ट्रियता, सामाजिक उत्तरदायित्व तथा अनुशासनसम्बन्धी विविध सैद्धान्तिक तथा व्यावहारिक ज्ञानले भविष्यमा आउनसक्ने प्रतिकूल परिस्थितिलाई सहजरूपमा सामना गर्न सहयोगी हुने विश्वास व्यक्त गरे । 

राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्कीले राष्ट्रिय सेवा दलको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

राष्ट्रिय सेवा दलका पूर्वकार्यकारी महानिर्देशक उपरथी रमिन्द्र क्षेत्री, रथीवृन्द तथा अधिकृतहरू, नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, प्रधानाध्यापक तथा अभिभावकहरू, सञ्चारकर्मीलगायत उपस्थित थिए।

प्रधान सेनापतिले सर्वोत्कृष्ट क्याडेटलाई पुरस्कार वितरण गरे। आज पाँच सय ६६ जना दीक्षित भएका छन् ।

विसं २०२२ मा स्थापित राष्ट्रिय सेवा दलबाट हालसम्म सिनियर डिभिजन तथा जुनियर डिभिजन गरी ७३ हजार दुई सय ७३  जनाले राष्ट्रिय सेवा दल तालिम लिएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ४ : ३४ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई