अष्ट्रियाका पूर्व चान्सलर कुर्जलाई आठ महिनाको जेल सजाय « Khabarhub

अष्ट्रियाका पूर्व चान्सलर कुर्जलाई आठ महिनाको जेल सजाय


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भियना– अष्ट्रियाका पूर्व चान्सलर सेबास्टियन कुर्जलाई झुटो बयान दिएको अभियोगमा भियना क्षेत्रीय अदालतले शुक्रबार दोषी ठहर गर्दै आठ महिनाका जेल सजाय सुनाएको छ ।

कुर्जले अस्ट्रियाको संसद्को छानबिन समिति समक्ष झुटो बयान दिएको अदालतले फैसलामा उल्लेख गरेको अस्ट्रियाली समाचार संस्था एपीएले जनाएको छ । 

उनले सरकारी स्वामित्व रहेको कम्पनी ओईबीएजीको सल्लाहकार समितिको नियुक्तिमा संसदीय अनुसन्धानको क्रममा स्वीकार गरेभन्दा बढी प्रभाव पारेको प्रमाणले देखाएको छ ।

सैँतीस वर्षीय सन् २०१७ देखि २०१९ सम्म र २०२० देखि २०२१ सम्म अष्ट्रियाको चान्सलरको रूपमा काम गरेका थिए । भ्रष्टाचारको आरोप लागेपछि सन् २०२१ को अक्टोबरमा उनले चान्सलर पदबाट राजीनामा दिएका थिए । 

सन् २०२१ को डिसेम्बरमा उनले राजनीतिबाट टाढा हुने घोषणा गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ४ : ३९ बजे

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट