खोप अभियान सफल पार्न रसुवाका स्वास्थ्यकर्मी क्रियाशील « Khabarhub

खोप अभियान सफल पार्न रसुवाका स्वास्थ्यकर्मी क्रियाशील


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

रसुवा– यही फागुन १३ गते आइतबारदेखि देशभरका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदैछ । रसुवामा पनि उक्त अभियानलाई सफल पार्न स्थानीय निकाय र स्वास्थ्यकर्मीहरू सक्रियताका साथ लागेका छन् । 

‘भ्याक्सिन’ अभियान सफल पार्न सबै स्थानीय तहका अधिकारीका साथै स्वास्थ्यकर्मीहरू परिचालन भएका छन् । जिल्लाको तापक्रमअनुसार भ्याक्सिन व्यवस्थापन एवं  ढुवानी गरिएको जनस्वास्थ्य  प्रमुखले बताए। 

यही फागुन १६ देखि २० गतेसम्म सञ्चालन हुने दादुराविरुद्धको खोप अभियानअन्तर्गत स्थानीय सरकारको सुझावमा तय गरिएका ५४ खोप केन्द्रबाट तीन हजार पाँच सय बालबालिकालाई खोप लगाइने कार्यक्रम छ ।

आगामी सन् २०२६ देखि दादुरा उन्मूलनको घोषणा गर्ने लक्ष्य रहेकाले यस वर्षको खोप अभियानमा अनिवार्यरूपले आ-आफ्ना बालबालिकालाई सहभागी गराउन जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ४ : ५२ बजे

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन्