पाकिस्तानलाई स्वच्छ ऊर्जा रूपान्तरणको अवसर लिन विज्ञहरूको सुझाव « Khabarhub

पाकिस्तानलाई स्वच्छ ऊर्जा रूपान्तरणको अवसर लिन विज्ञहरूको सुझाव


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद पाकिस्तानलाई कार्बनरहित पर्यावरण–मैत्री इन्धनको प्रवृत्तिको बीचमा, स्वच्छ ऊर्जा रूपान्तरण हासिल गर्ने अवसरको उच्च सदुपयोग  गर्ने सुझाव विज्ञहरूले शुक्रबार दिएका छन् । 

दिगो विकास नीति संस्थानका कार्यकारी निर्देशक आबिद कयुम सुलेरीले हरित हाइड्रोजन विकास क्षमता हासिल गर्न चीन-पाकिस्तान आर्थिक कोरिडोर (सिपिइसी) ढाँचा अन्तर्गत पाकिस्तानी र चिनियाँ कम्पनीहरूबीच लगानी र संयुक्त उद्यमका अवसरहरू खोज्न विशेषज्ञ, अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई आग्रह गरे । 

राष्ट्रिय ऊर्जा दक्षता तथा संरक्षण समितिका प्रबन्ध निर्देशक सरदार मोहज्जमले बढ्दो जलवायु परिवर्तन, बढ्दो जनसङ्ख्या र ऊर्जाको मागमा ऊर्जाको अपरिहार्य स्रोत भएकाले हाइड्रोजन उत्पादन निर्विकल्प भएको बताए । 

सकारात्मक परिवर्तन हासिल गर्न, नीतिगत पहलहरूलाई हाइड्रोजन उत्पादनको अवधारणासँग मिलाउनु आवश्यक रहेकाले यसका लागि दृष्टि, नीति, कोष र नियमहरूको स्पष्टता चाहिने उनले उल्लेख गरे। 

सन् २०२३ मा सुरु गरिएको चीनद्वारा प्रस्तावित ऊर्जा, यातायात र औद्योगिक सहयोगलाई उजागर गर्ने बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गतको प्रमुख परियोजना सिपिइसी, पाकिस्तानको दक्षिणपश्चिम ग्वादर बन्दरगाहलाई उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको काशगरसँग जोड्ने कोरिडोर हो ।  

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ५ : ५२ बजे

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण