विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश : प्रधानमन्त्री | Khabarhub Khabarhub

विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश : प्रधानमन्त्री


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सर्लाही– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश भएको बताएका छन्। 

बागमती नगरपालिकाले आज सर्लाहीको कर्मैयामा आयोजना गरेको ‘सामुदायिक विद्यालयका चार हजार विद्यार्थीको सामूहिक प्रस्तुतिकरणसहितको शैक्षिक तथा सांस्कृतिक कार्यक्रम’ लाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको विविधतालाई एकताबद्ध बनाउनुपर्ने बताए।

‘विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश हो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘सबै जातजाति र भाषाभाषीलाई सम्मान गरेर मात्र राष्ट्रिय एकता कायम गर्न सकिन्छ ।’ उनले नेपालका सबै क्षेत्र, जातजाति र भाषाभाषी एकताबद्ध हुँदा नै देशको राष्ट्रिय एकता बलियो हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले विविधतामा एकता हामी नेपालीको विशेषता भएको बताउँदै सबैलाई एकतामा उन्ने र राष्ट्रियता प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । त्यस अवसरमा नयाँ सन्देश दिने उद्देश्यका सबै अभिभावक एवं विद्यार्थीले सिर्जनात्मक प्रस्तुति प्रदर्शन गरेको भन्दै उनले शुभकामना व्यक्त गरे। 

त्यस अवसरमा प्रधानमन्त्रीले सार्वजनिक शिक्षाको सुधारसम्बन्धी पुस्तक लोकार्पण गरे । ‘शिक्षा, स्वास्थ्य र रोजगार, त्यसैका लागि पूर्वाधार’ भन्ने मूल नाराका साथ सामुदायिक विद्यालयका चार हजार विद्यार्थीको सामूहिक प्रस्तुतिकरणसहितको शैक्षिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजक नगरपालिकाले जनाएको छ  ।

कार्यक्रममा सात वटै प्रदेशको सांस्कृतिक एवं भौगोलिक विविधता र पहिचान झल्किने गीत, नृत्य र संगीतको प्रस्तुति गरिएको थियो । विभिन्न वडाहरूबाट ‘हामी सुधार्छौँ हाम्रो विद्यालय, सामुदायिक विद्यालय सुधार्ने हाम्रो जिम्मेवारी’ भन्ने नारासहित आ–आफ्नो भेषभुषामा अभिभावकहरूको झाँकी प्रस्तुत गरिएको थियो ।

यो कार्यक्रम सामुदायिक विद्यालयको सबलीकरण तथा रूपान्तरणका लागि देशकै नमुना कार्यक्रम हुने र सामुदायिक विद्यालय सुधारका लागि सामाजिक आन्दोलन हुने आयोजकको विश्वास गरिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ७ : २५ बजे

युवालाई स्वदेशकै विकासमा आबद्ध गर्न सक्नुपर्छ : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा

श्रीअन्तुमा नयाँवर्षको पहिलो सूर्योदय (फोटो फिचर)

इलाम– पूर्वी नेपालको चर्चित पर्यटकीय स्थल श्रीअन्तुमा पर्यटक झुल्केघामको दृश्यावलोकन

युवा पुस्ताले देशमा आफ्नो भविष्य देखेनन् : पूर्वराजा

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा नयाँ पुस्ताले आफ्नो सुनौलो भविष्य

आजदेखि ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला

काठमाडौँ– सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र

वर्ष फिल्म : दयाहाङको वर्चस्व, उपेन्द्रको डेब्यू

काठमाडौं- चलचित्र विकास बोर्डका अनुुसार ०८० सालमा ५१ वटा नेपाली