धर्म र संस्कृतिले नेपाल र नेपालीलाई एकतामा बाँधेको छ : मन्त्री बस्नेत « Khabarhub

धर्म र संस्कृतिले नेपाल र नेपालीलाई एकतामा बाँधेको छ : मन्त्री बस्नेत


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विभिन्न धर्म र संस्कृतिले नेपाल र नेपालीलाई अक्षुण्ण राख्दै एकताबद्ध बनाएको बताएका छन् ।

बाह्रबीसे नगरपालिकासहित विभिन्न सङ्घसंस्थाको आयोजनामा आज बाह्रबीसे–३ खोर्सानीबारीमा आयोजित २८६०औँ डुक सोनाम ल्होछार कार्यक्रममा उनले भने, “हामीकहाँ विभिन्न जातिका आ–आफ्नै पर्व र संस्कृति छन् । हामीकहाँ फरक जातिको पर्व पनि उत्तिकै उत्साहका साथ मनाउने गरिएको छ । धर्म र संस्कृतिले हामीलाई एकापसमा जोडेको छ ।”

मन्त्री बस्नेतले आफू यसै जिल्लाबाट निर्वाचित भएकाले जिल्लाको विकासका लागि आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाए। “सिन्धुपाल्चोकका सबै वडा मेरा लागि बराबर छन् । सबै वडाको विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक योजना समेट्न अधिकतम प्रयास गर्नेछु”, उनले भने।

उनले आफू मन्त्री भएपछि निजी, सरकारी र सामुदायिक अस्पतालमा १० प्रतिशत साधारण शय्या गरिब तथा विपन्नका लागि निःशुल्क उपलब्ध गराएको समेत उल्लेख गरे ।

त्यस अवसरमा बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले यस्ता कार्यक्रमले समाजमा सद्भाव र आत्मियता बढाउने धारणा राख्नुभयो । उहाँले यस्ता कार्यक्रम हरेक वर्ष भव्य र सभ्य रुपमा मनाउँदै धर्म, संस्कृतिलाई बचाउन क्रियाशील रहनुपर्नेमा जोड दिए । उनले हाम्रो मौलिक सभ्यता र संस्कृतिलाई अनुशासित तरिकाले जोगाउँदै अघि बढाउन युवाहरुले भूमिका खेल्नुपर्ने बताए ।

नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठले बाह्रबीसे नगरपालिकामा तामाङ र शेर्पा समुदायको बाहुल्यता भएको उल्लेख गर्दै तामाङ र शेर्पा समुदायको पनि राज्यको माथिल्लो निकायमा प्रतिनिधित्व हुनु जरुरी रहेको उल्लेख गरे ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोरा यसप्रकारका कार्यक्रमले सद्भाव र सहिष्णुता बढाउने धारणा राखे। भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनोर्बु शेर्पाले भाषा, सम्प्रदाय, कला, संस्कृति जगेर्ना गर्न महत्वपूर्ण काम भएको र खुसी साटासाट गरेर नयाँ जोशका साथ अगाडि बढ्न प्रेरणा मिलेको बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ९ : ०५ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा