कला संस्कृतिको जगेर्ना जरुरी : लिङ्देन | Khabarhub Khabarhub

कला संस्कृतिको जगेर्ना जरुरी : लिङ्देन


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कला संस्कृतिको जगेर्ना गर्न जरुरी रहेको बताएका छन् ।

यहाँस्थित नेपाल कला परिषद्मा जारी ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’को आज अवलोकन गर्दै अध्यक्ष लिङ्देनले कला संस्कृतिले मुलुकको पहिचान र पर्यटन विकासमा महत्वपूर्ण योगदान गर्ने बताए ।

उनले गाउँगाउँमा लुकेका सौन्दर्यलाई कलाकारले आफ्ना सिर्जनामार्फत यसरी उजागर गर्दा त्यसले महत्वपूर्ण अर्थ राख्ने बताए । चित्रकारका सिर्जनाले मुलुकको पहिचानलाई विश्वसामु पु¥याउन पनि सहयोग गर्ने उनको भनाइ थियो ।

आजै नेपाली कांग्रेसका नेता एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि उक्त प्रदर्शनीको अवलोकन गरे। सो क्रममा उनले नेपाल प्राकृतिक सम्पदा र संस्कृतिले धनी रहेको तर उचित प्रचारप्रसार र उपयोग गर्न नसकिएको उल्लेख गर्दै यस्ता चित्रकलाले संस्कृतिको पहिचान दिलाउन योगदान पु¥याउने बताए ।

कला सिर्जनाले नै त्यस देशको पहिचान विश्वमा पु-याउने बताउँदै उनले यसले आन्तरिक र बाह्य पर्यटन विकासमा योगदान पु¥याउने बताए । यस्ता सिर्जनाले संस्कृति चिनाउन पनि सहयोग पुग्ने उनले बताए ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो, काठमाडौँको आयोजनामा यही फागुन ५ गतेदेखि सुरु भएको ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ १७ गतेसम्म जारी रहनेछ ।

प्रदर्शनीमा अवलोकनका लागि कला पारखीको बाक्लो उपस्थिति हुने गरेको धनु आर्ट स्टुडियोका सञ्चालक धनु याख्खाले बताए । उनका अनुसार दैनिक एक हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेका छन् । प्रदर्शनीमा ५० देशका २१० चित्रसिर्जना प्रदर्शन गरिएको छ ।

स्वदेशी र नेपाल आएका विदेशी कलाकारले गएको असोज १७ गतेदेखि २० गतेसम्म दिक्तेलमै पुगेर मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा सहभागी भई बनाएका सिर्जना यहाँ ल्याएर प्रदर्शन गरिएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  १० : २० बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान