कला संस्कृतिको जगेर्ना जरुरी : लिङ्देन « Khabarhub

कला संस्कृतिको जगेर्ना जरुरी : लिङ्देन


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कला संस्कृतिको जगेर्ना गर्न जरुरी रहेको बताएका छन् ।

यहाँस्थित नेपाल कला परिषद्मा जारी ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’को आज अवलोकन गर्दै अध्यक्ष लिङ्देनले कला संस्कृतिले मुलुकको पहिचान र पर्यटन विकासमा महत्वपूर्ण योगदान गर्ने बताए ।

उनले गाउँगाउँमा लुकेका सौन्दर्यलाई कलाकारले आफ्ना सिर्जनामार्फत यसरी उजागर गर्दा त्यसले महत्वपूर्ण अर्थ राख्ने बताए । चित्रकारका सिर्जनाले मुलुकको पहिचानलाई विश्वसामु पु¥याउन पनि सहयोग गर्ने उनको भनाइ थियो ।

आजै नेपाली कांग्रेसका नेता एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि उक्त प्रदर्शनीको अवलोकन गरे। सो क्रममा उनले नेपाल प्राकृतिक सम्पदा र संस्कृतिले धनी रहेको तर उचित प्रचारप्रसार र उपयोग गर्न नसकिएको उल्लेख गर्दै यस्ता चित्रकलाले संस्कृतिको पहिचान दिलाउन योगदान पु¥याउने बताए ।

कला सिर्जनाले नै त्यस देशको पहिचान विश्वमा पु-याउने बताउँदै उनले यसले आन्तरिक र बाह्य पर्यटन विकासमा योगदान पु¥याउने बताए । यस्ता सिर्जनाले संस्कृति चिनाउन पनि सहयोग पुग्ने उनले बताए ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो, काठमाडौँको आयोजनामा यही फागुन ५ गतेदेखि सुरु भएको ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ १७ गतेसम्म जारी रहनेछ ।

प्रदर्शनीमा अवलोकनका लागि कला पारखीको बाक्लो उपस्थिति हुने गरेको धनु आर्ट स्टुडियोका सञ्चालक धनु याख्खाले बताए । उनका अनुसार दैनिक एक हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेका छन् । प्रदर्शनीमा ५० देशका २१० चित्रसिर्जना प्रदर्शन गरिएको छ ।

स्वदेशी र नेपाल आएका विदेशी कलाकारले गएको असोज १७ गतेदेखि २० गतेसम्म दिक्तेलमै पुगेर मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा सहभागी भई बनाएका सिर्जना यहाँ ल्याएर प्रदर्शन गरिएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  १० : २० बजे

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा