लखनउविरुद्ध राजस्थान २० रनले विजयी « Khabarhub

लखनउविरुद्ध राजस्थान २० रनले विजयी


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टसलाई पराजित गरेको छ ।

राजस्थानले दिएको १९४ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ६ विकेट गुमाउदै १७३ रन बनाएको थियो । योसँगै राजस्थानले खेल २० रनले जितेको थियो ।

लखनउका लागि निकोलस पुरनले ६४ र कप्तान केएल राहुलले ५८ रनको अर्धशतकीय पारी खेले पनि जित भने दिलाउन सकेनन् । लखनउका लागि दीपक हुडडाले २६ रन बनाएका थिए ।

त्यस्तै राजस्थानका बलर ट्रेन्ट बोल्टले २ विकेट लिए भने नान्ड्रे बर्गर, आर आश्विन, युजवेन्द्र चहल र सन्दीप शर्माले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थान रोयल्सले २० ओभरमा ४ विकेट गुमाउदै १९३ रन बनाएको थियो ।

राजस्थानका लागि कप्तान सन्जु सामसनले अर्बधिक ८२ रन बनाएका थिए । सामसनले ५२ बलमा ८२ रन बनाउदै अविजित रहेका थिए । त्यसैगरी रियान परागले ४३ रनको महत्वपूर्ण योगदान दिएका थिए भने यशस्वी जैसवालले २४, जोस बटलरले ११ तथा ध्रुव जुरेलले अविजित २० रन बनाएका थिए ।

त्यसैगरी लखनउका बलर नवीन उल हकले २ विकेट लिएका थिए भने मोशिन खान र रवि विश्नोईले एक एक विकेट लिएका थिए । यो जितपछि राजस्थान रोयल्सले महत्वपूर्ण २ अंक जितेको छ भने लखनउले हारसँगै सिजनको शुरुवात गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ७ : ५१ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण