समाजवादमा पुगेर मात्र देशलाई समृद्ध बनाउन सकिन्छ : झलनाथ खनाल « Khabarhub

समाजवादमा पुगेर मात्र देशलाई समृद्ध बनाउन सकिन्छ : झलनाथ खनाल


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादमा पुगेर मात्र देशलाई समृद्ध बनाउन सकिने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिचन्द्र क्याम्पस कमिटीले आज आयोजना गरेको ‘बृहद् होली मिलन कार्यक्रम’मा उहाँले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताएका हुन् ।

“देशको विकास गर्न र विकृति विसङ्गतिलाई अन्त्य गर्न समाजवाद आवश्यक छ, समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिन्छ,” उनले भने । समाजवादको भविष्यमा पुगेर मात्रै देशलाई समृद्ध मुलुकका रुपमा रुपान्तरण गर्न सकिने उनको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता खनालले सुखी नेपाली, समृद्ध मुलुकको सपना समाजवादबाट मात्र पूरा हुनसक्ने बताए । देशका युवा साम्राज्यवादी, प्रभुत्ववादी र हस्तक्षेपकारी शक्तिका विरुद्ध एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री खनालले देशभित्रै शोषण, दमन र अत्याचार गर्ने दलाल पूँजीवादी शक्तिका विरुद्ध पनि आम जनता एकताबद्ध हुनुपर्ने उल्लेख गरे । उनले विद्यार्थीलाई उपल्लो निकायसम्म पुगे पनि भ्रष्टाचारमा नलाग्न अनुरोध गरे ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ८ : ४१ बजे

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची– अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा

टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज

फिफा विश्वकप : इजिप्ट नकआउट चरणमा प्रवेश, इरानको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबलअन्तर्गत इजिप्ट र इरानबीचको खेल बराबरीमा सकिएको

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट