कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता « Khabarhub

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं आइपुगेका कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार भेटवार्ता र छलफलमा सक्रिय हुनेछन्। आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा नेपालको दुई दिने राजकीय भ्रमणमा आएका अमिरले मंगलबार राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरिसकेका छन्।

उनको सम्मानमा मंगलबार साँझ रात्रिभोजको आयोजना भएको थियो। सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो।

रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो।

राष्ट्रपतिले आयोजना गर्नुभएको रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवं विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो।

कतारका अमिर अल थानी राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आएका हुन्। मंगलबार उनलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति पौडेलले अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए।

विमानस्थलबाट कतारका अमिर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए। शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरसहितको प्रतिनिधिमण्डलबिच द्विपक्षीय भेटवार्ता भएको थियो।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ६ : ०९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया