कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता | Khabarhub Khabarhub

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं आइपुगेका कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार भेटवार्ता र छलफलमा सक्रिय हुनेछन्। आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा नेपालको दुई दिने राजकीय भ्रमणमा आएका अमिरले मंगलबार राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरिसकेका छन्।

उनको सम्मानमा मंगलबार साँझ रात्रिभोजको आयोजना भएको थियो। सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो।

रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो।

राष्ट्रपतिले आयोजना गर्नुभएको रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवं विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो।

कतारका अमिर अल थानी राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आएका हुन्। मंगलबार उनलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति पौडेलले अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए।

विमानस्थलबाट कतारका अमिर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए। शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरसहितको प्रतिनिधिमण्डलबिच द्विपक्षीय भेटवार्ता भएको थियो।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ६ : ०९ बजे

कर्मचारी खटनपटनमा गृहको कडाइ : शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी

काठमाडौं– गृह मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीको मंगलबार गैलकट्टी गरेको

कोशीको एमाले बैठकमा बस्नेतले भने- विद्या भण्डारीको अपमान गर्न पाइँदैन, सदस्यता रोक्ने निर्णय सच्याऊँ

काठमाडौं- धनकुटाको हिलेमा जारी नेकपा एमालेको कोशी प्रदेश कमिटी बैठकमा

बागमतीका मुख्यमन्त्री बानिँयाले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानिँयाले विश्वासको मत पाएका

गुरुङ समुदायमा मनाइयो ट्होटेँ

गण्डकी– आज साउनको अन्तिम मंगलबार अर्थात् गुरुङ समुदायको मौलिक पर्व

सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर भएकाले ढुक्कका