लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत कानून संशोधन स्वागतयोग्य : महासंघ « Khabarhub

लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत कानून संशोधन स्वागतयोग्य : महासंघ


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि कानुन र नियमावलीमा अध्यादेश मार्फत गरेको संशोधनको स्वागत गरेको छ । 

एक विज्ञप्ति जारी गर्दै महासंघले  लगानी सम्मेलनको सम्मुखमा सरकारले लगानी प्रवर्द्धनका लागि सरकारले १२ कानुन र नियमावलीमा अध्यादेश मार्फत भएको संशोधनको महासंघले स्वागत गरेको हो ।

महासंघले कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशतमात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा महासंघको आग्रहमा गरिएको सुधारले लगानीको वातावरण बन्ने विश्वास गरेको छ । 

अध्यादेशबाट पारित कानुनी व्यवस्थालाई संसदले पनि अनुमोदन  गर्ने महासंघको विश्वास छ । यसैगरी संशोधित कानुन कार्यान्वयन हुनेमा महासंघ आशावादी छ ।

 यो सुधार दोस्रो पुस्ताको सुधारका लागि प्रस्थानविन्दु भएको महासंघले विश्वास लिएको छ । 

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  २ : ०४ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई