कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ | Khabarhub Khabarhub

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् । 

रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् । 

बिहीबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री कँडेल चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादी केन्द्रसँग मन्त्रालय भागबन्डामा कुरा नमिले पछि उनले अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  २ : ५१ बजे

स्पञ्ज आइरनको विवादित अध्याय यसरी बन्द गरे अर्थमन्त्री पुनले

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले पछिल्लो समय विवादित बनिरहेको स्पञ्ज

राष्ट्रिय राजमार्गलाई वर्षाअगावै मर्मतसम्भार गर्न आग्रह

काठमाडौं– देशभरका सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

अब संविधानको समीक्षा गर्ने बेला भयो

गणतन्त्र घोषणा भएको १६ वर्ष भयो । नयाँ संविधान आएको

पत्रकारसँगको दोहोरीले विवादमा तानिए चिनियाँ राजदूत सङ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत छन सङ कूटनीतिक क्षेत्रमा कडा

भारत र बंगलादेशमा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

कलकत्ता– बंगलादेश र भारतमा भारी वर्षा र आँधीबेहरीसहित आएको शक्तिशाली चक्रवातमा